राशन कार्ड बोकेर रित्तै फर्कनु परिरहेको छ राशन दोकानबाट

डी के वाइबा: कालेबुङ 17 अप्रेल: हातमा परिवारका सबै सदस्यहरुको राशन कार्ड छ तर, राशन कार्ड बोकेर राशन दोकानमा प्रत्येक हप्ता राशन थाप्न जाँदा भने रित्तै हात फर्किनु परिरहेको छ। पहिलो हप्ता कुनै कारणवस राशन पाउँन सकेन होला भनेर दोस्रो हप्ता पनि गए अनि रित्तै फर्किए बृद्ध ईन्द्र कुमार प्रधान। दोस्रो हप्ता राशन नपाएका प्रधान पुन: तेस्रो हप्ता पनि राशन कार्ड र राशन बोक्ने झोला बोकेर राशन दोकान पुगेका थिए तर त्यस हप्ता पनि तिनी रित्तो झोला नै बोकेर खिन्न मन बनाई घर आईपुगेको आज खाद्य भवनमा प्रमुख निरिक्षकलाई यहाँको भालुखोप निवासी ईन्द्र कुमार प्रधानले बताए। पहिला तिनले थाप्दै आएको राशन दोकानमा राशन थाप्न अनेकौ असुबिधा महसुस गरेर पछि अर्को सरकारी राशन दोकानमा आफ्नो राशन कार्ड स्थान्तरण गरेका थिए। सुरुका दिनहरुमा तिनले राशन नियमित रुपले पाईरहेका थिए तर पछि बाट बिस्तारै कुनै हप्ता पाउँने र कुनै हप्ता नपाउँने क्रम सुरु भए अनि त्यो क्रम पनि अहिलेघरी बन्द भएर प्रत्येक हप्ता राशन दोकानबाट रित्तै फर्कनु परिरहेको तिनले खुबै मार्मिक स्वरमा खाद्य अधीकारीलाई गुनासो पोखे। सरकारले दिने राशन आफुले पाउँनुपर्ने अधीकार रहे पनि त्यहीँ राशन समेत नपाउँदा आफुमाथि अन्याय भएको महसुस गरेर आज तिनी माकपा नेता तारा सुन्दासको साथमा यहाँको खाद्य भवनमा अधीकारीलाई आफ्नो गुनासो पोख्न पुगेका थिए। यसै सिलसिलामा माकपा नेता सुन्दासले बिभागले गरीब मानिसहरुलाई यसरी राशन दोकानेहरुले सताउँने कार्य यथाशिघ्र बन्द गर्नुपर्ने माग गरे। तिनले एकजना गरीब परिवारले राशन नपाउँदा बजारको सौदा किन्न हम्मे पर्ने गरेको बताउँदै कुनै पनि मानिसहरुको अधीकार खोस्ने कार्य न्याय संगत नरहेको तिनले बताए। यता खाद्य निरिक्षक दिलीप गुरुले पिडीत प्रधानको सबै गुनासोहरु सुने पछि आजसम्म नपाएका राशनहरु आगमी दिनहरुमा पुन: दिने प्रतुश्रुति दिएका छन।

Ration Card in Darjeeling - हातमा परिवारका सबै सदस्यहरुको राशन कार्ड छ तर, राशन कार्ड बोकेर राशन दोकानमा प्रत्येक हप्ता राशन थाप्न जाँदा भने रित्तै हात फर्किनु परिरहेको छ।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.