बीपीएल परिवारहरुलाई राशन खोई ? – तारा सुन्दास

डी के वाइबा: कालेबुङ 17 अप्रेल: सरकारले बीपीएल कार्ड बितरण गरेर पनि बीपीएल परिवारका मानिसहरुलाई राशन भने बितरण नगरीरहेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन। तिनले यसै सन्दर्भमा आज कालेबु खाद्य अधीकारी दिलीप कुमार गुरुलाई भेट गरेर अवगत गराउँदै सरकारले दिएको सहुलियतबाट गरीब मानिसहरुलाई किन बञ्चित गरिरहेको छ भनी प्रश्न तेर्साए। आज सरकारले बीपीएल राशन कार्ड बितरण गरेर पनि मानिसहरुलाई राशन भने नदिनु न्याय संगत नरहेको दाबी गर्दै यस समस्यालाई यथाशिघ्र समाधान गर्नु पर्ने माग गरेका छन। यस सन्दर्भमा अधीकारी दिलीप कुमार गुरुले सरकारले बीपीएल सुचिमा रहेका मानिसहरुका निम्ति केवल 33 प्रतिशत मात्र राशन आवण्टन गर्ने गरेको जानकारी दिदै 33 प्रतिशत भन्दा धेर रहेको कारण नै कतिपय मानिसहरुले राशन पाउन नसकेको जानकारी दिए। यद्यपी आफुहरुले यस बिषयमा सम्बन्धित अधीकारीहरुलाई पत्रचार गरेको जानकारी दिदै राशन नपाउँनुमा आफुहरुको कुनै हात नरहेको जानकारी दिए। यता खाद्य अधीकारीसित भेट गरेपछि पत्रकारहरुसित कुराकानी गर्दै माकपा नेता तारा सुन्दासले केन्द्र सरकारले पहाडको निम्ति बीपीएल मानिसहरुलाई 60 प्रतिशत आरक्षण गरेको बताउँदै यस बारेमा बिभागले यथाशिघ्र पहल गरेर सबै मानिसहरुलाई सहुलियत बाट बञ्चित गर्नु नहुने माग राखे। यसै सिलसिलामा तिनले बिगत दिनमा आईलाले प्रभावीत पार्दा समतलमा आईला प्रभावित परिवारहरुलाई दुई रुपीया प्रतिकिलो चामल दिईरहेको बताउँदै यता दार्जीलि पहाडमा भने आईला प्रभावित मानिसहरुले उक्त सहुलियत पाउँन नसकेको आरोप लगाए। यस बिषयमा तिनले दार्जीलि पहाडका मानिसहरुलाई सबै कुरामा राज्य सरकारले किन बञ्चित गरिरहेको छ भन्ने प्रश्न गर्दै के दार्जीलि पहाडका मानिसहरु यस राज्यका मानिसहरु होइनन भनि प्रश्न गरे। एकातिर राज्य सरकारले जंगल महल ईलाकाहरुमा डबल राशन र बीपीएल परिवारका मानिसहरुलाई सबै प्रकारको सहुलियत प्रदान गरिरहेको दाबी गर्दै के सरकारी सहुलियत पाउँनको निम्ति दार्जीलिका मानिसहरु पनि माओवादी हुनुपर्ने भनि प्रश्न गरे।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.