मंग्पूमा तबलले प्रहार गरी छोराले बाबुको हत्या

मंग्पू | केशर मोक्तान: पुलिस सुत्रले बताए अनुसार हिज साँझ सात बजे मंग्पू दिपकटोल निवासी २५ वर्षीय छोरा बिशेष भुजेलले आफ्नै ५० वर्षीय पिता नरेन भुजेललाई तबलले टाउकोमा प्रहार गरी हत्या गरेको छ | हत्या भएको घटना सुन्न साथ रंगली थाना प्रभारीले घटना स्थलमा पुगी निरक्षण गर्दै नरेन भुजेलको शवलाई पोस्टमार्टमको निम्ति आज बिहान दार्जीलिंग पठाएको छ भने हत्यारा छोरा बाबुको हत्या गर्न साथ घरबाट चम्पट कसेको भएपनि रंगली पुलिस दल बल रातभर खोजी तलाश गर्दै आज बिहान हत्यारा बिशेष भुजेललाई नाम्रिंग बस्तिबाट पक्राउ गरेको छ | पिताको हत्या गरेको अभोयोगमा छोरा बिसेश भुजेललाई धारा ३०२ मुद्दा दर्ता गरेको छ भने हत्यारालाई आज दार्जीलिंग अदालतमा पेश गरियो | बाबु छोरामा केही मनमोटाव भएको कारण र घरमा पारिवारिक अशान्ति भइरहने कारणले गर्दा नै छोराले मातेर आफ्नै पिताको हत्या गरेको हुन सक्ने पुलिशले शंका गरेको छ | हत्याराले पितालाई भान्सा कोठाभित्र देब्रे कानको माथि टाउकोमा तबलले हिर्काउदा  घटना स्थल मै  मृत्यु भएको समचार छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.