छ महिने सिलाई बुनाई प्रशिक्षण शिविरको समापन

डी के वाइबा: कालेबुङ 13 अप्रेल:नारीहरु पैसा कमाउँनको निम्ति कुनै ठूलो शहरमा जान पर्दैन भन्ने उदाहरण दिईसकेकी डिजाईनर बबिता घतानीले अहिले घरी आफु मात्र स्वनिर्भर बन्नुको साथै आफुसितै अरुलाई पनि स्वनिर्भर बन्ने प्रेरणा दिन सिलाई बुनाईको प्रशिक्षण प्रदान गर्दै आईरहेकी छिन। यसै सिलसिलामा यहाँको दश माईल स्थित फेन्सि बुटिकमा तिनको सक्रियतामा चलिरहेको छ महिने सिलाई बुनाईको प्रशिक्षण शिबिर आज समापन भयो। कालेबु खण्ड दुईको चाईल्ड डेभलोमेन्ट प्रोजेक्ट अन्तर्गत तिनले फेन्सि बुटिकमा मोठ 15 जना नारीहरुलाई सिलाई बुनाईको छ मनिने प्रशिक्षण प्रदान गरिरहेकी थिईन जुन प्रशिक्षण शिबिरको आज समापन भयो। यस अवसरमा खण्ड दुईका चाईल्ड डेभलोभमेन्ट प्रोजेक्ट अफिसर एस पी नाम्चु बिशेष रुपले उपस्थित रहेकी थिईन भने हिल सोसियल वेलफेयर सोसाईटिकी युडेन भोटिया आदिको पनि उपस्थिति रहेको थियो। बिभिन्न दुर्गम क्षेत्रहरुका नारीहरुले छ महिने सिलाई बुनाईको प्रशिक्षण समाप्त गरेपछि आज उअनिहरुलाई प्रमाण पत्र बितरण गरियो। यस अवसरमा बोल्दै प्रशिक्षक बबिता घतानीले आज परिवेशमा प्रत्येक नारीहरु स्वनिर्भर बन्ने प्रयास गर्नु आवश्यक रहेको बताईन। तिनले सिलाई बुनाई पुरुषहरुले गर्ने गरेता पनि यस क्षेत्रमा नारीहरु पनि कम छैनन भन्ने उदाहरण दिदै यसै कार्यलाई नारीहरुले पेशागत रुपमा अप्नाउँन सके आफ्नो आर्थीक अवस्था समेत बलियो बन्ने तथा पुरुषहरुको दबाउमा नारीहरु बस्न नपर्ने समेत जनाईन। सुरुका दिनहरुमा आफुले यस पेशालाई अप्नाउँदा समाजका कतिपय मानिसहरुले तिरस्कारको भावनाले हेर्ने गरेको बताउँदै आज अनेकौ परिकारका पोषाकहरु बनाउँन ती मानिसहरु आफु कहाँ नै आईरहेको बताउँदै प्रशिक्षण लिने नारीहरुले पनि समाजमा आफु बलियो भएर बस्नको निम्ति सिलाई बुनाईको पेशा खुबै लाभदायक रहेको जनाईन। यता चाईल्ड डेभलभमेन्ट प्रोजेक्ट अफिसर एस पी नाम्चुले पनि कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले नारीहरुलाई स्वनिर्भर बन्नको निम्ति दिएको सहुलियतहरुलाई सही प्रकारले प्रयोग गरेर आफ्नो भविष्य राम्रो बनाउँन सक्ने बताईन। तिनले प्रशिक्षण लिएका नारीहरुली आफुले सिकेका कार्यहरुलाई सही प्रकारले प्रयोग गर्ने सल्लाह दिदै यस पेशालाई आफुले राम्रो सञालन गरे आर्थीक अवस्था समेत बलियो हुने जनाए। यसै सिलसिलामा हिल सोसियल वेलफेयर सोसाईटीकी युडेन भोटियाले अहिले गरी नारीहरुलाई बिभिन्न प्रलोभन देखाएर तस्करहरुले नारकीय जीवनमा धकेलिरहेको घटना बारम्बार प्रकासमा आईरहेको जनाउँदै यदि नारीहरु यस्तो प्रशिक्षण लिई गाउँ घरैमा बसेर काम गरे धेरै लाभ पुग्ने बताए। आफुले बिगत केहि वर्ष यता तस्करीहरुको शिकार बनेका नारीहरुलाई उद्धार गरेर ल्याउँदा धेर जसो नारीहरु पैसा कमाउँने लोभमा फसेर नै नारकीय जीवन भोग्न बाध्य बनेको कुरा थाह पाएको बताउँदै पैसा कमाउँनको निम्ति ठूलो शहरमा जानु भन्दा बरु यस्तो पेशा अप्नाए उचित हुने सल्लाह दिए। तिनले सिलाई बुनाईका प्रशिक्षण लिएका नारीहरुले आफ्नो ईलिमलाई सही प्रयोग गर्ने सुझाव दिदै प्रत्येक नारीहरु स्वनिर्भर बन्नको निम्ति यस्तो प्रशिक्षणहरु लिई काम गर्नु पर्ने थप बताईन। यता छ महिने सिलाई बुनाईको प्रशिक्षण लिएकी एकजना प्रशिक्षणार्थी मिना राईले प्रशिक्षणको अवधी आफुले धेरै सृजनात्मक कुराहरु सिक्न पाएको बताउँदै यस प्रशिक्षणले आफुहरुलाई स्वनिर्भर बन्नुमा सहयोग पुग्ने आशा व्यक्त गरिन। तिनले आफ्नो गाउँ दुर्गम क्षेत्रको रहेको अनि आफ्ना गाउँका मानिसहरुले वर्षमा दुईचोटि गाडी देख्न पाउँन समेत मुस्किल रह्को दयनिय व्यथा सुनाउँदै यस प्रशिक्षण लिएर लाभ पुगेको बताईन।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.