तेलेङ्गना गठन हुँदा गोर्खाल्याण्ड छोडिनु नहुने गोरानिमोको माग

डी के वाइबा: कालेबुङ 19 अप्रेल: गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो) ले तेलेङ्गनासितै गोर्खाल्याण्ड गठन हुनुपर्छ अनि यदि गोर्खाल्याण्ड राज्य गठन नभए जोड्दार आन्दोलन गर्ने चेतावनी दिएको छ। हाल केन्द्रमा छुट्टै तेलेङ्गना राज्य बनिने क्रममा अघि बढिरहेको गोरानिमो प्रमुख दावा पाख्रिनले दाबी गर्दै यस चरम समयमा गोर्खाहरु सहुलियतमा भुलिनु नहुने आह्वान गरेका छन। आगमी 24 अप्रेलमा तेलेङ्गनाको रिपोर्ट भारत सरकारलाई बुझाउने कुराले तेलेङ्गना छिट्टै राज्य भइहाल्छ भन्ने गोरिनिमोले महशुश गरेको बताउँदै यस्तो परिस्थितिमा गोर्खाहरु आफ्नो आधीकारको आन्दोलनमा जुटेर अघिबड्नुपर्ने बताए। तेलेङ्गना छुट्टै राज्यको दिशामा नजिक आइपुगेको बेला गोर्खाहरू एकार्कमाझ बैभाव राखेर पछाडिरहेको पनि पाख्रिनको दाबी गर्दै यो आफैको निम्ति हानिकारक रहेको जनाए। तिनले आगमी दिनमा चाँडै तेलेङ्गना राज्य गठन भएर गोर्खाल्याण्ड छोडिए गोर्खाहरू अझ 40-50 वर्ष पछाडिनेछन्‌ भन्दै आन्दोलनलाई अघि बडाएर लक्ष्य प्राप्तिको निम्ति सबै एकबद्ध बनेर सडकमा निस्कनु पर्ने तिनले जनाए। यसको निम्ति सहुलियततिर नभूलिएर पहाडका समग्र राजनैतिक दल एक भएर आवाज उठाउनुपर्ने तिनले बताए। अहिले घरी गोटाफो (गोर्खाल्याण्ड टास्क फोर्स) सित सम्मिलित भएर गोरानिमोले राष्ट्रिय स्तरको कार्य गरिररहेको अनि आगामी दिनमा गोरानिमो आफैले पनि क्षेत्रीयदेखि राष्ट्रिय स्तरसम्मको आन्दोलन गर्ने पाख्रिनले तिनले जानकारी दिदै यस माटोको आन्दोलनमा कुनै भेदभाव नराखि सबै लडनुपर्ने पाख्रिनले थप जनाए। यसै सिलसिलामा तेलेङ्गनासितै गोर्खाल्याण्ड राज्य गठन गरिनुपर्ने मागमा चॉंडै गोरानिमोले देशका प्रधानमन्त्री, गृहमन्त्री आदिलाई फेरि पत्रचार गर्ने भएको जनकारी दिदै छुट्टै राज्यको निम्ति गोटाफोको माध्यमद्वारा केही हदसम्म यहॉंका राजनैतिक दलहरू एक भइसकेको भएपनि अन्य दलहरू जम्मै एक हुनु आवश्यक रहेको तिनले बताए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.