जोन बारलाको राजनैतिक भबिष्य समाप्तितिर गईरहेको पिपल्स फोरमको दाबी

डी के वाइबा: कालेबुङ 19 अप्रेल: तराई डुवर्सको भूभाग जीटीएमा गाभिनु पर्छ भनि आबिपबाट निस्कासित नेता जोन बारला एण्ड कम्पनि लगायत जोईन एक्सन कोअर्डीनेसन कमिटिद्वारा भर्खरै तराई डुवर्स दुईदिन बन्द डाकेर पुन: फिर्ता लिए पछि जोन बारला आलोचनाका शिकार बनेका छन। पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले आबिपद्वारा निस्कासित नेता जोन बारलाको आलोचना गर्दै तिनको अध्याय अब समाप्तिदिर गईरहेको दाबी गरे। तिनले आबिपबाट निस्कासित नेता बारलाले अहिले गोजमुमो पार्टीसित मिलेर जनतालाई भ्रम फैलाउँने काम गरिरहेको दाबी गर्दै तिनले गरेका सबै राजनैतिक क्रियाकलापहरु केवल नाटक मात्र रहेको बताए। केहिदिन अघि मात्र जीटीएमा तराई डुवर्स गाभिनु पर्छ भनि डाकेको बन्दलाई कोलकतामा बैठक बसेर फिर्ता गर्नुले नै तिनले नाटक गरिरहेको प्रमाणित बनेको गुरुले दाबी गरे। तिनले जोन बारलाहरू जीटीएमा तराई र डुवर्सको अन्तरभुक्तिको दवाब गर्न बन्द गर्ने नगर्ने पक्षमा बैठकमा गएका हुन्‌ तर उनी कोलकाता पुग्ने वित्तिकै तिनी के को निम्ति बैठकमा गाएका हुन त्यो नै बिर्सिपठाएको आरोप लगाउँदै वास्तवमा जनतालाई सुनियोजित तरिकाले ढाँट्नुनै उनीहरुको योजना रहेको तिनले थप दाबी गरे। पहिले जीटीए बिरोधी शक्तिहरु जोइन्ट एक्सन कमिटीले उपमुख्यमन्त्री पार्थ च्याटर्जीसित बैठक नै गरेर पनि एक दिन बन्द गरेर जनता अघि आफ्नो बचन पुरा गरेको बताए। तर जोन बारलाहरूले मुख्यमन्त्रीको तराई र डुवर्सलाई जीटीएमा अन्तरभुक्त गर्ने बचन नभए बन्द गरेर नै देखाउने बताएका थिए। मुख्यमन्त्रीले आश्वासन दिनु त परैको कुरा भेटसम्म गर्न पाएनन्‌। तिनले जस्तो विमल गुरूङको कार्यक्रम हुन्छ जोन बारलाको पनि उस्तै भयो भन्दै पुरा गर्न नसक्नेले कुनै घोषणा गर्नु हुँदैन भने।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.