युजीआरएफ पार्टीका भुमिगत नेता रुद्र आचर्यद्वारा अदालतमा आत्मसमर्पण

डी के वाइबा: कालेबुङ 21 अप्रेल: बिगत 24 नोभेम्बर 2004 को दिन युनाईटेड गोर्खा रेभुल्युसेनरी फ्रण्ट (युजीआरएफ) पार्टीको गठन अनि पछि त्यसैको भातृ संगठनको रुपमा गठन भएको युनाईटेड गोर्खा रेभेल्युसनरी आर्मी (युजीआरए) ले गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति सशस्त्र आन्दोलनको घोषणा गरेदेखि भुमिगत बनेका डिपुटी चिफ रुद्र आचर्यले आज यहाँको न्यायलयमा आत्म समर्पण गरे। कालेबु शहरमा छ सेप्टेमबर 200छ को दिन पोष्टर टाँसेर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन सशस्त्ररुपले अघि बडाउँने घोषणा गरेपछि सबै पार्टी कार्यकर्ताहरु भुमिगत बनेका थिए। सोहि समयदेखि युजीआरए डिपुटी चिफ आचर्य पनि आज सम्म भुमिगत रहेका थिए। यस अघि युजीआरएफ तथा युजीआरए चिफ अजय दहाल सिक्किम राज्यबाट पक्राऊ परेका थिए भने हाल तिनको सिक्किममा मुद्दा समापन भईसकेको छ भने यहाँको न्यायलयबाट जमानतमा छुटेका छन। सशस्त्र आन्दोलनको घोषणा गर्ने आरोपिहरु बिरुद्ध पुलिसले दर्ता गरेको मुद्दामा केहिदिन अघि मात्रै पुलिसले आरोपिहरु बिरुद्ध चार्जसिट दर्ता गरेको छ भने रुद्र आचर्यलाई अगावै तिनलाई भगौडे घोषणा गरेको थियो। अदालतले भगौडे घोषणा गरेका युजीआरए डिपुटी चिफ रुद्र आचर्यले आज यहाँको एडिसनल चिफ जुडिसियल म्याजिस्ट्रेट राणा दाम अघि आफैलाई समर्पण गरे। लग भग छ वर्षसम्म भुमिगत बनेका रुद्र आचर्यले न्यायलयमा आत्मा समर्पण गर्दा युजीआरएफ प्रमुख अजय दहाल पनि अदालत परिसरमा उपथित रहेका थिए। यस अवसरमा दुई नेताहरुमाझ न्यायलयमा निकै कुराकानी समेत गरिरहेका थिए। यद्यपी अजय दहालले भने यस सम्बन्धमा केहि बोल्न मानेनन। अदालतमा आत्मसमर्पण गरेपछि तिनका अधीवक्ताले जमानतको अर्जी चडाएको थियो भने न्यायलयले तिनको जमानत अर्जी अस्वीकार गरेर पाँच दिनको न्यायिक हिरासतमा पठाएको छ। तिनलाई अदालतले आगमी छब्बिस अप्रेलको दिन पुन: अदालतमा हाजिर गराउँने निर्देश दिएको छ। अदालतमा आत्मसमर्पण गर्न आएका भुमिगत नेता रुद्र आचर्यले पत्रकारहरुसित कुराकानी गर्दै बिगतका दिनमा समय काल र परिस्थितीलाई हेरेर नै आफुहरुले सशस्त्र आन्दोलनको घोषणा गरेको बताउँदै अहिलेको परिस्थिति बैचारिक आन्दोलन लड्ने रहेको कारण आफुले अदालतमा आत्म समर्पण गरेको स्पष्ट पारे। दार्जीलि पहाडमा गोरामुमो पार्टीको वर्चस्व हुँदा सुवास घिसि अनि बगाल सरकारले बुर्जुवा प्रबृति अप्नाएर गोर्खाहरुको आकाक्षालाई दबाउँने प्रयास गरेकै कारण आफुहरु सशस्त्र क्रान्तिमा होमिएको बताउँदै अहिले परिस्थिति बदलिएको तिनले जनाए। कुनै पनि सृजनात्मक कार्यलाई बुर्जुवा ब्यक्तिहरुले सधै दबाएर राख्ने षडयन्त्र रचिरहेको बताउँदै सृजनात्मक सोचलाई कुनै पनि शक्तिले वास्तवमा दबाएर राख्न नसक्ने पनि तिनले टोकुवा गरे। यसै सिलसिलामा तिनले आगमी दिनहरुमा पिन: राजनितिमा युजीआरएफ पार्टीकै ब्यानरमा उत्रिनुहुन्छ भनि प्रश्न गर्दा समय काल परिस्थिति अनुरुप अघि बड्दै जाँदा यदि पार्टीको नाम परिवर्तन गर्न परे गरेर अघि बडने बताउँदै तर आन्दोलनलाई भने हिसात्मक होईन बैचारिक तरिकाले अघि बडाउँने पनि स्पष्ट जनाए। यद्यपी लक्ष्य प्राप्तिको सिद्धान्तबाट भने आफुहरु कहिल्यै पलायन नहुने पनि आचर्यले बताए। अहिलेघरी बैचारिक सघर्षको ग्याप भईरहेको छ। यहाँ राजनैतिक पार्टीका नेताहरु जनतालाई सजक बन्नु पर्ने कुरा गर्छन तर वास्तविक सचेत र राजनैतिक सचेतना भने नगरेर आफुहरु व्यक्तिगत स्वार्थ पुर्तिको बाटोमा लागेर नेतानै नोकरशाही बनेको कारण यही नोकरशाही प्रवृतिलाई समाप्त गरेर नयाँ घडेरीको निर्माण गर्ने हाम्रो लक्ष्य हो – रुद्र आचर्यले भने। यसै सिलसिलामा तिनीहरु माथि पञ्चायत कर्मी योनसिह लेप्चाको हत्या सम्बन्धीमा भने अहिले नै प्रतिक्रिया नगर्ने तिनले जनाए। तिनले भारत बिभिन्न जातिहरुले बनेको सघिय देश रहेको बताउँदै यही सघिय भारतमा जति तल्लो बर्गका मानिसहरुले माथि उक्लने मौका पाउँछन त्यतिनै देश बलियो बन्ने पनि तिनले दाबी गरे। आफु भुमिगत अवस्थामा हुँदा पनि दार्जीलि पहाडको राजनैतिक परिस्थितिलाई नजिकबाट सुक्ष्म रुपमा अध्यन गरिरहेको बताउँदै लक्ष्य प्राप्तिको आन्दोलनलाई बुर्जुवा प्रवृतिका मानिसहरुले अधै प्रयास गरिरहेकै कारण बिगतदेखि बर्तमान सम्म आन्दोलनहरु बिफल बनिरहेको तिनले थपदाबी गरेका छन।
अर्कोतिर यता अदालतमा आत्म समर्पण गरेका भुमिगत नेता रुद्र आचर्य बिरुद्ध आईपीसीको धारा सेक्सन 120/ 121/ 121बी/ 122/ 123/ 124/ 124ए/ 153/ अनी आर डब्ल्यु सेक्सन 25(1)ए/ 27 अन्तर्गत हत्या, हिसा तथा हतियार प्रयोग गरेको सन्दर्भमा मुद्दा दर्ता गरेको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.