सेवक बजार र ३१ ए राष्ट्रिय राजमार्गमा पनि बन्दको असर - कुनै अप्रिय घटना घटेन

मंग्पू | केशर मोक्तान: नगरकट्टामा जीटीएको समर्थन गर्दै जोइन्ट एक्शन कोअर्डिनेशन कमिटिलाई जन सभा गर्न नदिएकोमा आज देखि कमिटिले डाकेको अनिश्चितकालिन तराई डुवर्स बन्दमा राष्ट्रिय राजमार्ग ३१ ए मा पनि व्यापक असर देखा पर्यो | जोइन्ट एक्शन कोअर्डिनेशन कमिटि द्वारा आह्वान गरिएको यस बन्दलाई गोजमुमोले पनि पालन तथा समर्थन गर्दै राष्ट्रिय राजमार्ग सेवक बजारमा बन्द गराए | सेवक बजारमा राष्ट्रिय राजमार्गका मोर्चा समर्थकहरुले बिहान ६ बजे देखि १० बजे सम्म सडकमा पिकेटिंग गरेर राजमार्ग पूर्णरुपले वाधित गराए जसले गर्दा सिक्किम गामी यानवहानहरु पनि पूर्णरुपले चार घण्टाको निम्ति बन्द रह्यो | मोर्चा समर्थित पिकेटरहरुले चार घण्टा सम्म सेवक बजार र सिक्किमको जीवन रेखा मानिने राजमार्ग ३१ ए बन्द गराएपछि पुलिस द्वारा उक्त पिकेटिंग तोडेर सेवकको राजमार्ग खोल्न सफल रहेको देखियो | पछिबाट पुलिस प्रशासनको सहयोगमा सिक्किम र पहाडका यानवहान सेवकबाट सिलिगुडी तर्फ जान सफल भएपनि पुन: मोर्चा पिकेटरहरुले ती गाडीहरुलाई सालुगाडामा रोकेर राखे | सेवकमा सडक जाम अवधि कुनै प्रकारको अप्रिय घटना भने नघटेको पुलिसले बताएको छ | मोर्चा हाइवे ब्लक कमिटिका उप सभापति राजु लामाले बताए अनुआर आइतबार सेवकमा मोर्चा समर्थकहरुले गणतान्त्रिक ढंगमा पिकेटिंग गरेर राजमार्ग बन्द गराए पनि पछिबाट पुलिसले बलजफ्ती पिकेटिंगलाई तोडेर गान्धीवादी आन्दोलनलाई धमिल्याउने प्रयास गरेको आरोप लामाले लगाएको छ | आज बिहान देखि नै सेवक बजार र सालुगडामा पिकेटरहरुले  राष्ट्रिय राजमार्ग ३१ ए अवरोध गरेको फलस्वरूप आंशिक रुपमा मात्र गाडी चलाचल भएको देखियो | आज दिनभरि नै सेवक बजार पूर्णरुपले बन्द रह्यो भने सेवक पुलिस बल तैनाथ गरेको कारण कुनै अप्रिय घटना भने घटेन | तराइ डुवर्समा बन्दको जोड असर परे पनि पहाडमा जन जीवन साधारण देखियो |
Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.