१९४० सालमा कविगुरु रविन्द्रनाथ ठाकुरले जन्म दिन मनाएको संग्राहलय अब कुनै अन्य संग्राहलयमा राखिन योग्यको बन्दैछ

मंग्पू | केशर मोक्तान: मंग्पूमा अवस्थित कवि गुरु रविन्द्रनाथ ठाकुरको सबै भन्दा पुरानो र पहिलो संग्रहलयलाई वर्तमान राज्य सरकारले किन गुरु रविन्द्रको जन्म दिवस २५ वैसाख र मृत्यु २२ श्रावणको दिन मात्र सम्झने गर्छ ? कयौ पल्ट संग्राहलय मर्मतिको निम्ति सरकारलाई निवेदन चडाउदा चडाउदा सरकार पक्षबाट टेरपुच्छर नलाउँदा हिज - आज मंग्पूका जनताहरु राँकिन थालेका छन् | विश्व कवि रविन्द्रनाथ ठाकुरले चार पल्ट बास गरेको संग्राहलयमा आजसम्म पनि विधुत जडान छेपाराको कथा मात्र नभएर सरकारको कवि गुरु प्रतिको श्रद्धा होइन तर कविलाई अवहेलना गरेको भान हुन्छ | हालसम्म पनि सिन्कोनाले नै देखरेख गरिरहेको संग्रहालयलाई सुचना एवम सांस्कृतिक विभागले गुरुको जन्म दिवस र मृत्यु दिवसको कार्यक्रममा मात्र सम्झने गरेको स्पष्ट छ | स्मरण रहोस रविन्द्रनाथ ठाकुरले १९४० सालमा आफ्नो जन्म दिन समेत मंग्पूको जनता संग बसेर मनाएको थियो भने उनै गुरुको संग्रहलयमा भने राज्य सरकारले आजसम्म विधुत जडान सम्म नगरिदिनु एउटा लाज्स्पद विषय हो | गत वर्ष उतर बंग बिकास मन्त्री गौतम देवले कवि गुरुको जन्म दिवसको दिन मंग्पूमा पत्रकारहरुलाई सम्बोधन गर्दै एक हप्ता भित्रमा संग्रहालयमा विधुत जडान गरिदिने साथै त्यसै दिन देखि रात्री चौकिदार समेत नियुक्त  गर्ने घोषणा गरेतापनि मन्त्रीको हालसम्ममा पनि घोषणा पुरा नहुनुमा के कारण छ त भन्ने कुरा केवल जिज्ञासा मात्र बनेको छ | राज्यको मुख्य मन्त्री ममता ब्यनार्जीले समेत पाइला टेकेको अनि थुप्रै घोषणा बोकेर  बसेको  यो संग्राहलय अब कुनै अर्को संग्रहालय भित्र राखिने बस्तु योग्यको भैसकेको छ दैनोदिन | 
मंग्पू  रविन्द्र संग्राहलयलाई   सरकारले पर्यटन केन्द्रको दृष्टिकोणले मात्र हेर्ने गरेको देखिन्छ भने फेरि आगमी १६ मई २५ वैसाख कवि गुरुको जन्म जयन्तीमा सरकारले आफ्नो स्वार्थपूर्तिको निम्ति मंग्पू  रविन्द्र संग्राहलयलाई सम्झेको छ | यसपल्ट पहाड अनि समतलको सम्बन्ध अटुट रहेको प्रमाण देखाउन राज्य सरकारको सुचना एवम सांस्कृतिक विभागले फेरि मंग्पूमा विश्व कविको जन्मोत्सव पालन गर्ने निधो गरेका छन् | हालसम्म सिन्कोनाको संरक्षणमा रहेको संग्रहालयलाई गुरुको जन्म अनि मृत्यु दिवसमा मात्र  सम्झने गरेकोले नै संग्रहालय अब अस्तित्वविहीन बन्दै गइरहेको छ | राज्य सरकारको सुचना एवम सांस्कृतिक विभागले पनि संग्राहलयलाई सरकारले देखरेख गर्नु पर्ने माग गरेका छन् भने यदि सरकारले यस संग्रहालयलाई कुनै पनि विभागमा अन्तर्भुक्त नगरी अस्तित्वविहीन नै बनाइराख्छन्  भने  सरकारले अब कुनै पनि कार्यक्रम पनि यहाँ गर्न पाउनेछैन भनी मंग्पूबासीले आक्रोस व्यक्त गरेका छन् | सरकारले  संग्रहालयलाई पूर्ण संरक्षण गर्ने योजना गरिआए पनि हालसम्म उल्टा सरकार पूर्ण रुपले चुकेका छन् | सरकारको उदासिन नीतिको कारण नै बिस्तारै पहाडमा अवस्थित सबै भन्दा पहिलो रविन्द्र संग्राहलय अनि भवनहरु दिन प्रति दिन खण्डहर बन्दै गइरहेको तितो सत्य आज कसैको नजरबाट लुकेको छैन |वर्तमान  गुरुको एउटा डायरीको एउटा मुल्य लाखौ रुपियाँ रहेको छ भने यस संग्राहलयमा गुरु स्वयमले चलाएका कागज पत्र, रंग अनि वहाँले कोर्नु भएका धेरैवटा तस्वीरहरु सुरक्षाविहिन साथै बेवास्ता लडिरहेका छन् | 


Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.