मंग्पू विभागीय कृषक संगठनको सभा

मंग्पू) २२ अगस्त/निस: भारतवर्ष कृषि प्रधान  देश हो | सम्पूर्ण भारत देशमा परिश्रमी कृषकहरुले विभिन्न खाद्यको उत्पादन गर्छन् | यसैले भारत सरकारले कृषकहरुलाई सम्मान गर्दै  विभिन्न योजनाहरु पनि उपलब्द गर्दै ल्याएका छन् | ती योजनाहरुलाई पहाडी इलाका दार्जीलिंग भरि कालेबुंग कृषक संगठनको माध्यमबाट पहाडी कृषकहरुलाई आ- आफ्नो कृषि भूमिमा खेतीपाती सम्बन्धि जनचेतना तथा सुविधा उपलब्द गराउने प्रशंसनीय कार्य गरिरहेको छ | यसै कृषक कल्याण संगठनको अधिनस्थ मंग्पू  विभागीय कृषक संगठनको सभा मूल संयोजक बुद्ध कुमार थापाको सभापतित्वमा मंग्पू  चौरस्तामा सम्पन्न भयो | सभामा    उपस्थित १९ जना संगठन सदश्यको आ- आफ्नो सिडलिङ हाउस(Seedling House) भए प्रत्येक सदश्यले अझ उन्नति गरेर जाने कुरोमा जोर दिए | सभामा सह- संयोजक फिरोज थापाले सम्पूर्ण संगठनको आय- व्याय तथा ब्लक लेबल सभामा भएको विषयलाई पनि जानकारी गराए| साथै सभामा सदश्यबर्ग दुर्गा सुब्बाले पनि संगठनको पूर्ण उन्नति मूल संयोजकको हातमा रहेको अनि रहल सदश्यवर्गहरुको पनि जिम्मेवारी रहेको जानकारी गराए | अन्तमा संगठनको विभिन्न परियोजना , कार्यक्रम सम्बन्धि चर्चा पश्चात आगमी दिनहरुमा पनि सबै सर-सल्लाह - उपस्थिति मंग्पू विभागीय संगठनको मात्र हितमा नरहेर सार्वजनिक कार्यक्रमहरु पनि गर्ने विषयमा कुरा भयो तथा  धन्यबाद सहित सभापतित्वको संभाषण गरेपश्चात बुद्ध कुमार थापाले सभा बर्खास्त गरे भनि संगठनको पक्षमा एक विज्ञाप्ति मार्फत जानकारी गरेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.