आँखा रोगीहरुलाई एनएचपीसी द्वारा नि:शुल्क चश्मा वितरण

मंग्पू | केशर मोक्तान: टिस्टा जल विधुत परियोजना चरण तीन रम्बी डिस्पेन्सरीमा आज आँखाका रोगीहरुलाई नि:शुल्क १६५ वटा चश्मा वितरण गरियो | एनएचपीसी चरण तीन महा प्रबन्धक आर० के० बर्मा द्वारा उद्घाटन गरिएको उक्त स्वास्थ्य जाँच शिविरमा १६५ जना आँखाका रोगीहरुले नि:शुल्क चश्मा पाउन सफल भए | ती रोगीहरुलाई आर० के० बर्माको बाहुली बाट चश्मा वितरण गरिएको हो | स्मरण रहोस गत २७ मार्च २०१२ को दिन एनएचपीसी अनि लान्स आँखा अस्पतालको संयुक्त तत्वधानमा मंग्पू सरस्वती विधालयमा आँखाका रोगीहरुको आँखा जाँच गरिएको थियो भने आज महिना दिनको अन्तरालमा ती रोगीहरुलाई चश्मा पनि वितरण गरियो | यस्तै प्रकारले आगमी दिनहरुमा पनि एनएचपीसीले स्थानीय वरिपरीका क्षेत्रहरुमा नि:शुल्क स्वास्थ्य जाँच शिविर तथा आँखा जाँच आयोजन गरिने जानकारी एनएचपीसीका अधिकारीबाट पाइएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.