सांसद जसवन्त सिहलाई गोर्खाल्याण्ड टास्क फोर्सको चुनौति

डी के वाइबा: कालेबुङ 20 अप्रेल: दार्जीलि लोकसभा क्षेत्रबाट सांसद बनेका भारतीय जनता पार्टी (बीजेपी) का हेभिवेट नेता जसवन्त सिहले संसदमा अहिले सम्म गोर्खाल्याण्डको मुद्दा नउठाएको गोर्खाल्याण्ड टास्क फोर्सले आरोप लागाएको छ। टास्क फोर्सका अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले आज यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा संसदमा गोर्खाल्याण्डको मुद्दा उठाउँछु भनि बचन दिने हेभिवेट नेता चुनाव जितेर गएदेखि किन मौन भनि प्रश्न गर्दै यहाँका जनताले तिनलाई केवल गोर्खाल्य़ाण्डको मुद्दामा भोट दिएर बिजय बनाएको दाबी गरे। चुनाव अघी गोर्खाल्याण्डको मुद्दा उठाउँछु भनेर आश्वासन दिने सांसद जसवन्त सिहले चुनाव जितेर गएदेखि जनताको आकाक्षा समेत पर्वाह नगरेको टास्क फोर्सले आरोप लगाएको छ। प्रधानले हाल तेलेंगना राज्य गठनको निम्ति केन्द्र सरकारले आगमी 24 अप्रेलको दिन निर्णय सुनाउँन सक्ने सम्भावना रहेको बताउँदै सोहि अवसरमा सांसद जसवन्त सिहले संसदमा छुट्टै राज्य गोर्खाल्याण्डको प्राईभेट बिल प्रस्तुत गर्नुपर्ने सुझाव राखे। सांसद जसवन्त सिह गोर्खाल्याण्डको मुद्दामा भोट जितेर बिजय बनेका हुन। यद्यपी तिनले गोर्खाल्य़ाण्डको मुद्दा उठाएका छैनन। सोहि कारण आगमी सत्रमा तेलेंगना राज्यबारे फसेला हुन अघि नै तिनले गोर्खाल्याण्डको प्राईभेट बील ल्याउँनु पर्छ- एनोसदास प्रधानले भने। यसै सिलसिलामा सांसद सिहले यदि गोर्खाल्याण्डको प्राईभेट बील संसदमा ल्याउँन सक्दैन भने टास्क फोर्सको समर्थनमा रहेका आर जे डी पार्टीका सांसद डा रघुवंश प्रसादले आफुहरुको समर्थनमा गोर्खाल्याण्डको प्राईभेट बील ल्याउँन तयार रहेको दाबी गर्दै सांसद जसवन्त सिहलाई प्राईभेट बील सदनमा पेश गर्ने चुनौति नै दिएको स्पष्ट जनाए। तिनले गोर्खाल्याण्डको समर्थनमा आरजेडी पार्टीले टास्क फोर्सलाई समर्थन गरेको बताउँदै आर्जेडीले टास्क फोर्सको अनुरोधमा गोर्खाल्याण्डको प्राईभेट बील ल्याउँन तयार रहेको दाबी गरे। यद्यपी पहिले दार्जीलिकै सांसद भएको नातामा जसवन्त सिहलाई टास्क फोर्सले गोर्खाल्य़ाण्डको बील ल्यायोस भनी चुनौति दिएको तिनले थप बताए। यदि तिनले संसदमा गोर्खाल्याण्डको प्राईभेट बील ल्याउँन सक्दैनन भने आफुहरुको आनुरोधमा संसदमा गोर्खाल्याण्डको प्राभेट बील पेश हुने ठोकुवा समेत गरे। यस बारे हाल आवश्यक दस्तावेजहरु संकलन कार्य समेत भईरहेको तिनले जानकारी दिए। अहिले गोजमुमो पार्टीले समर्थन गरेर ल्याएका बीजेपीका हेभिवेट नेता जसवन्त सिहलाई संसदमा गोर्खाल्याण्डको प्राईभेट बील ल्याउँने टास्क फोर्सले पहिले मौका दिएको बताउँदै नसके आफुहरु तयार रहेको दाबी गरे। बिगत दिनमा श्रीकृष्ण कमिशनले छुट्टै राज्य तेलेंगना बारे तयार पारेको रिपोर्टमा जीटीए जस्तै अर्को व्यवस्थाको अफर दिएको बताउँदै तेलेंगनाको माग गर्नेहरुले उक्त व्यवस्थालाई टुक्राए जस्तै गोर्खाहरुले प्नि जीटीएलाई त्यागेर गोर्खाल्य़ाण्डकै निम्ति अघि बड्नुपर्ने तिनले आह्वान गरे।
अर्कोतिर टास्क फोर्सका राष्ट्रिय समन्वयक आर मोक्तानले छुट्टै राज्य तेलेंगना गठन भए गोर्खाल्याण्ड राज्य पनि गठन हुनपर्छ भन्ने कुरा त्यागेर तेलेंगना नभए पनि गोर्खाल्याण्ड भने हुनै पर्छ भनि माग गरे। तिनले जीटीए दार्जीलि पहाडका जनताले चाहेका होईनन भन्ने दाबी गर्दै मोर्चाकै भाषामा भन्नु हो भने यो सरकारले थोपेको व्यवस्था हो भने। सरकारले जब्बरजस्ति थोपेको व्यवस्था जनताले लिनै पर्छ भने कुनै कराकर नभएको दाबी गर्दै यस व्यवस्थालाई त्यागेर जनता छुट्टै राज्यको निर्णायक आन्दोलनमा अघि आउँन आवश्यक रहेको बताए। यसै सिलसिलामा तिनले छुट्टै राज्यको आन्दोलनमा दार्जीलि पहाडका सम्पूर्ण राजनैतिक दलहरु लगायत अराजनैतिक संगठनहरु समेत आन्दोलनमा अघि आउँनुपर्ने आर मोक्तानले आह्वान गरे।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.