पहिलेको आश्वासन पुरा भएन यसपल्ट मङपूको रवीन्द्र संग्राहलयले कस्तो आस्वाशन पाउँने हुन ?

डी के वाइबा: कालेबुङ : 21 मई सन 1938 मा पहिलो पल्ट मपू आएका विश्वकवि रवीन्द्र नाथको पहिलो संग्राहलय नै मपूमा स्थापित रहेको छ। तर सबै भन्दा पुरनो उक्त संग्राहलय भने राज्य सरकारको नजरबाट सधै टाडा रहेको कारण अझ पनि उक्त संग्राहलयमा बिजुली बत्ति समेत बल्न सकेको छैन। यस्तो परिस्थितिहरु बिच भोलि पालन गरिने कवि गुरुको जन्म दिवसमा मपूवासीले कस्तो आस्वाशन पाउँने हुन भन्ने खुबै चाखको बिषय बनेको छ। किन भने आजसम्म बिजुली बत्ति समेत जडान नगरिएको उक्त संग्राहलयमा प्रत्येक वर्ष ठूल ठूल नेताहरु र मंत्रीहरुले आश्वासनको पोका थमाउँदै गए तर दिएका आश्वासनहरु भने कहिल्यै पुरा गरेका छैनन। यद्यपी कुनै वर्ष बिराम नदिईन जन्मदिवस र पुण्यतिथि भने पालन अझै पनि गरिन्दै आईरहेको छ। प्रत्येक वर्ष विश्वकवि रवीन्द्र नाथको जन्मदिवस अनि पुण्यतीथिमा राज्यसरकारले मपूमा अवस्थित रवीन्द्र संग्राहलयको स्मरण गर्ने गर्छ अनि एउटा औपचारिकता पुरा गर्न कार्यक्रमको पनि आयोजना गर्ने गर्छ।  सन 1940 मा कवि गुरु रवीन्द्रनाथ कै उपस्थितीमा मपूमा जन्म दिन पालन गरिएको थियो भने त्यस वर्ष देखि लगातार रुपमा तिनको जन्म दिन मपूमा पालन गरिन्दै आईरहेको छ भने यो क्रम अध्यावधी जारी रहेको छ। पश्चिम बगालमा बाम्फ्रण्टले राज गर्दा जसरी मपूमा रहेको विश्वकवि रवीन्द्रनाथको संग्राहलय आश्वानको पोका थाप्दै दिनो दिन जीर्ण अवस्थामा पुगेको थियो उक्त जीर्ण अवस्थाबाट परिवर्तनको हुरी लिएर आएको तृणमूल सरकारले पार लगाउँन शुरुको दिनमा दार्जीलि पहाडलाई स्वीजरल्याण्ड बनाउँने घोषणा गर्दा रवीन्द्र संग्राहलयय पनि व्यस्थित पार्ने घोषणा गरेको थियो। तर उक्त आश्वासन न त पुरा भयो न त पुरा हुने छाँट नै देखा परेको छ। पश्चिम बगालमा 34 वर्षे बाम्फ्रण्ट सरकारलाई सत्ता च्युत गरेर राज्यको बाग्डोर सम्हाल्ने मुख्य मन्त्री ममता ब्यानर्जीले गत वर्ष दार्जीलिबाट कोलकता फर्किन्दा रातीको समयमा नै मपूम अवस्थित रवीन्द्र संग्राहलय परिदर्शण गरिन। सोहि समय तिनले दिनो दिन जीर्ण अव्स्थाम पुगिरहेको संग्राहलयलाई उद्धार गरेर विश्वकवि सित जोडिएका सम्पूरण दस्तावेजहरुको समेत संरक्षण गर्ने आस्वासन दिएका थिईन। यतिमात्र होईन उक्त समय युगौ देखि बिजुली बत्ति समेत नभएको संग्राहलयमा मुख्य मन्त्री ब्यानर्जीले बिजुली बत्ति समेत यथाशिघ्र जडान गरिदिने गोषणा गरेकी थिईन। तर जसरी मुख्य मन्त्री ममता ब्यानर्जी बाटो लागिन तिनले दिएको आश्वासन समेत खोलामा हिर्काएको ढुगा जस्तै बनेको छ। यतिमात्र होईन उत्तर बगाल बिकाश मन्त्री गौतम देवले गत वर्ष 8 अगष्ट 2011 को दिन विश्वकवि रवीन्द्र नाथको 150 औ वर्षगाँठ देशव्यापी रुपमा पालन गरिरहेको समयमा मपूम रहेको सबै भन्दा जोठो रविन्द्र संग्राहलयमा 7 दिब भित्र बिजुली बत्ते जडान गरिदिने घोषणा संगै रात्री चौकिदार समेत नियुक्ति गरिदिने घोषणा गरेका थिए। तर तिनले घोषणा गरेको उक्त बजन आजसम्म पुरा हुन सकेको छैन जसको कारण उक्त रवीन्द्र संग्राहलय अहिले पनि बिजुली बत्ति बिहिन रहेको छ। अनकौ आश्वासनको पोका बोकेर दार्जीलि पहाड चडने मुख्यमन्त्री ममता ब्यानर्जीले सोहि रवीन्द्र संग्राहलयमा नेपाली साहित्य एकाडमी समेत खोल्ने घोषणा गरेकी थिईन तर उक्त घोषणा पनि अझसम्म पुरा हुन त परै जाओस तर बनिने प्राथमिक प्रक्रिया समेत शुरु भएको थाह लाग्न सकेको छैन। यस्तो अवस्थामा के बगालका मुख्य मन्त्री ममता व्यानर्जीले के साँच्चै दार्जीलिलाई स्वीजरल्याण्ड बनाउँछु भन्ने भनाईमा कुनै सत्यता रहेको छ भन्ने प्रश्न निकै गम्भिर बनेको छ। आजसम्मको घट्नाक्रमहरुलाई हेर्दा तिनले गरेका घोषणाहरु कुनै पनि पूर्ण हुन सकेको छैन जसको कारण तिनको घोषणाहरु सबै राजनैतिक दाउपेचका मात्र हुन कि भन्ने मानिसहरुले गरिरहेका छन। यसै सिलसिलामा भोलि मपूमा अवस्थित रवीन्द्र संग्राहलयमा सुचना अनि सांस्कृतिक बिभागले कवि गुरुको जन्म जयन्ति पालन गर्ने तयारी गरिरहेको छ। उक्त कार्यक्रममा पहिले मुख्य मन्त्री ममता ब्यानर्जीको आगमन हुने चर्चा चलेको थियो तर यसबारे कुनै आधिकारीक पुष्टि हुन सकेको छैन। यद्यपि मुख्य मन्त्रीको आगमन नभए उत्तरबगाल बिकाश मन्त्री गौतम देव आउँने चर्चा चलेको छ। तर बर्तमान दार्जीलिमा राज्य सरकारको कार्यक्रम बहिस्कार हुने क्रम जारी रहेको कारण भने मन्त्रीहरुको आगमनमा सन्देह रहेको छ।
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.