मंग्पू | ८ मई | केशर मोक्तान: विश्व कवि रविन्द्रनाथ ठाकुरको १५२ वां जन्म जयन्ती राज्य सरकारका उतर बंग बिकाश परिषद, जिल्ला सुचना एवम सांस्कृतिक विभाग रंग्ली रंग्लियट खण्ड तथा मंग्पू सिन्कोनाको संयुक्त आयोजनामा सिन्कोना निर्देशक डा० जी० सी० सुब्बाको अध्यक्षतामा सम्पन्न भयो | समारोहका प्रमुख अतिथि उतर बङ्गाल बिकाश मन्त्री गौतम देवले कवि गुरु रविन्द्रनाथको प्रतिमामा माल्यार्पण गरेपश्चात शुरु भयो | सुचना एवम सांस्कृतिक विभाग अधिकारी पी० डी० बलले संचालन गरेको कार्यक्रममा अनुराधा रसाइलीले नेपालीमा अनुवाद गरेर रविन्द्र संगीत प्रस्तुत गरिन | नेपाली संग संगै सरोजनी बराइली र अनुराधा रसाइलीले बंगला भाषामा पनि रविन्द्र संगीत प्रस्तुत गरेर सम्पूर्ण दर्शकहरुलाई मोहित पारिन | दार्जीलिंगका अतिरिक्त जिल्लापाल प्रविता परियारले स्वागत संभाषण राखेको कार्यक्रममा सिलिगुडीबाट आएका कलाकार परमा दासले स्वागत रविन्द्र नृत्य प्रस्तुत गरिन | यस्तै गरि कोलकाताबाट आएका माया चक्रवतीले रविन्द्र संगीत प्रस्तुत गरिन भने सिलिगुडीबाट आएका नृत्य कलाकारहरुले पनि रोचक ढंगमा रविन्द्र संगीतमा न्रित्य प्रस्तुत गरे पश्चात समारोहका अध्यक्ष डा० सुब्बाले अध्यक्ष संभाषण राखे | यस रविन्द्र जयन्ती कार्यक्रममा प्रमुख अतिथि उतर बङ्गाल बिकाश मन्त्री गौतम देवले कविको प्रतिमामा दिप प्रज्वलन गरे भने विशिष्ट अतिथि खर्सांग महकुमा विधायक डा० रोहित शर्मा, रंगली रंग्लियट खण्ड बिकाश अधिकारी एस्तर लेप्चा, अतिरिक्त जिल्लापाल तथा सिन्कोना निर्देशकको बाहुलीबाट पनि कवि गुरुको तस्वीरमा माल्यार्पण गरियो | उक्त कार्यक्रममा सिलिगुडी दार्जीलिंग र कालेबुंगबाट पनि कवि गुरुलाई श्रद्धा जनाउन अतिथि कलाकारवर्ग भेला भएका थिए भने मंग्पूको जनता यस कार्यक्रममा उपस्थित नभएको देखियो | स्थानीय जनताको अनुपस्थितिको कारण कार्यक्रममा एकदमै कम संख्यामा दर्शक भेला भएको पाइयो | सरकारी पक्षबाट स्थानीय समाजसेवी व्यक्तिवर्गलाई निमन्त्रणा नपठाइएको जानकारी पाइएको छ |


Post a Comment
We love to hear from you! What's on your mind?