कविगुरुको जन्म दिवसमा झलमल्ल रहेको मंग्पू रविन्द्र संग्राहलय फेरि अँध्यारो मै

मंग्पू | केशर मोक्तान: सरकारले केवल स्वार्थपूर्तिको निम्ति हिज  मनाएको गुरु रविन्द्रनाथ ठाकुरको जन्म दिवसको दिन झलमल्ल पारेको मंग्पू  रविन्द्र संग्राहलय आज देखि फेरि अभिभावकविहिन भएर  अँध्यारो नै रहेको छ | सरकारको यस्तो स्वार्थी नीति कहिलेसम्म मंग्पूबासीले भोग्न पर्ने भन्ने भावना मौलाउन थालेका छन्  हिज आज | गुरुको जन्म दिवसमा किन स्थानीय जनता उपस्थित रहेन ? भन्ने थुप्रै प्रश्न अनि चर्चा बढ्न थालेको छ | राज्य तथा केन्द्र सरकारले भारतको सबैभन्दा पुरानो कविगुरुको संग्राहलयलाई केवल देखावटी अनि आँखा छल्नको निम्ति गुरुको जन्म अनि मृत्यु दिवसमा मात्र सम्झने गरेको कारण पनि हिजको सरकार द्वारा आयोजित कार्यक्रमलाई स्थानीय जनताले बहिस्कार गरेको थाहा लागेको छ | गुरुको जन्म दिवस मनाउन कोलकाता.सिलिगुडी लगायत पहाड कै विभिन्न स्थानहरुबाट मानिसहरु गुरु जन्म दिवस मनाउन आउँदा स्थानीय जनता नै उपस्थित नहुँदा बिना टाईको सुट लगाएको झैँ बनेको थियो कार्यक्रम भने अधिकारिक रुपले बहिस्कार नगरे पनि हिजको कार्यक्रममा मंग्पूबासीको उपस्थिति प्राय: शुन्य रहेकोले गर्दा कार्यक्रम खल्लो नै थियो भन्दा कुनै अफ्ट्यारो नपर्ला |  १९४० सालमा कविगुरु संगै बसेर स्थानीय मानिसहरुले गुरुको जन्म जयन्ती धुमधामले मनाएका थिए भने यसपल्ट आयोजक पक्षले स्थानीय जनताहरुलाई वास्ता नगरी निमन्त्रणा समेत नपठाएको कारण पनि हिजको कार्यक्रम खल्लो हुनु  थियो | यति मात्र होइन पुर्व सरकार तथा वर्तमान सरकारले गुरको जन्म अनि मृत्यु दिवसमा मात्रै भारी आश्वासनको पोका बोकेर आउने गर्छ जो कहिले पुरा नभएको स्थानीय जनतालाई तितो अनुभव ताजा नै छ | गत वर्ष पनि उतर बंगाल बिकाश मन्त्री गौतम देवले एक हप्ता भित्र संग्राहलयमा विधुत जडान गर्ने वचन दिएका थिए भने हिज फेरि एकवर्ष पश्चात मन्त्रीले पुरानै कुरालाई दोहोराउँदै अब गुरुको आगमी पुन्य तिथि २२ श्रावन भित्र विधुत जडान गर्ने बचन बिना हिच्किचाहट दिएका छन् | तर फेरि पनि सो वचन खोलामा हिर्काएको ढुंगा जस्तै बन्नला भन्ने अन्दाज काटेका छन्  साधारण मानिसहरु |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.