डी के वाइबा: कालेबुङ 10 मई: कालेबुङ शहरमा गाडे घाऊ जस्तै बल्झिरहने डमपिङको समस्या अझसम्म समाधान हुन सकेको छैन। जसको कारण नगरपालीकाको टाउको दुखाई जस्ताको तस्तै रहेको छ। शहरको मैला व्यवस्थापनलाई पहिलो प्रथामिकता दिदै नगरपालीकाको बाग्डोर सम्हालेको तीन महिना भित्रमा समस्या समाधान गर्छु भनि अगावै घोषणा गर्ने बर्तमान नगरपालीका अध्यक्ष एल बी परियारले अहिले घरी शहरको मैला कता फ्याँक्नु ? भनि पत्रकारहरुलाई नै उल्टा प्रश्न गरिरहेका छन। तिनले भने शहरमा मैलाको समस्या मेरो मात्र समस्या होईन। यो समस्या प्रत्येक शहरवासीको हो त्यसैले समाधान गर्न पनि प्रत्येक नागरीक अघि आउँनुपर्छ भनि बताउँदै यस बिषयमा टिस्टामा मैला फ्याँकेर प्रदुषण भयो भन्नेहरुले नै मलाई आएर मैला कता फ्याँक्नु भन्ने बिषयमा बताए उक्त स्थानमा नै आफुले मैला फ्याँक्ने स्पषट बताए। यसै क्रममा तिनले बिगत दिनमा नगरपालीकालाई प्रशासकले सञ्चालन गर्दा मैलाको समस्या दिर्घरुपले समाधान गर्नको निम्ति यहाँको दलमान गाउँमा निर्माण गरिरहेको डम्पिङ ग्राउण्डको निर्माण कार्य बन्द गरेको बताउँदै कुनै योजना बिनानै उक्त निर्माण कार्य रहेको कारण आफुले बन्द गरिदिएको स्पष्ट बताए। उक्त स्थानमा डम्पिङ ग्राउण्ड निर्माण गर्दा अनेकौ समस्या हुने बताउँदै कुनै पनि निर्माण कार्य हुन भन्दा पहिले योजना तयार हुनपर्ने बताए। बिना योजना बिगतको बोर्डले उक्त निर्माण कार्य गर्दा नगरपालीकामा पैसाको अभाव लगायत उक्त स्थानमा बाटोको समेत जटिल समस्या रहेको कारण यदि निर्माण कार्य पुरा भएको भए पनि पछि बाटोको समस्याले मैलाको समस्या दिर्घरुपले समाधान हुन नसक्ने तिनले ठोकुवा गर्दै अब मैला कता फ्याँक्नु भन्ने बिषयमा सबैले सुझाव दिनु भनि तिनले सुझाव मागे। आफुले मैलाको समस्या समाधान गर्न बर्तमान समयमा पनि जोडदार पहल गरिरहेको बताउँदै यद्यपी कुनै जमिन पाउँन भने नसकेको तिनले बताए। शहरको मैला व्यवस्थापनको निम्ति जमिनको जटिल समस्या रहेकै कारण यथाशिघ्र समाधान हुन नसकेको बताउँदै बिगत दिनहरुमा फरेष्ट बिभाग सित नगरपालीको दलमान गाउँमा रहेको जमिन साट्ने कामको निम्ति कुनै पहल समेत नभएको बताउँदै यस बिषयमा आफ्नोमा कुनै कागजी प्रक्रिया शुरु भएको फाएल नआएको तिनले जानकारी दिए।
शहरको मैला कता फ्याँक्नु सुझाव दिनुहोस – नगर अध्यक्ष
10May2012
Post a Comment