डी के वाइबा: कलेबुङ 10 मई: लक भग एक सय घण्टा सम्म कालेबुङ शहरमा पानीको सर्बराह ठप्प बने पछि काकुली झै तडपिनुपरेको जनतालाई पानीको आपुर्ती सुचारु गर्न कालेबुङ नगरपालीकाले आज पीएचई बिभाग, नेऊरा प्रोजेक्टका ईञ्जिनियर अनि कालेबुङ संरक्षण समितिका पदअधिकारीहरु सित छुट्टा छुट्टै बैठक गरे। कालेबुङ नगरपालीका अध्यक्ष एल बी परियारकै च्यामबरमा सम्पन्न बैठकमा शहरमा पानीको अभाव अचनाक कसरी खट्कियो भन्ने जानकारी लिन सम्बन्धित अधिकारीहरुसित बैठक गरेको नगर अध्यक्ष एल बी परियारले जानकारी दिएका छन। तिनले पानीको सर्वहारा ठप्प भएको सन्दर्भमा बिभागबाट कुनै अग्रिम सुचना नगरपालिकामा नआएको कारण यसरी बैठक डाकेर जानकारी मागेको बताउँदै यदि शहरमा पानी सर्वहारा बिभागले गर्न नसकेको खण्डमा आफुहरुलाई अग्रिम सुचना दिएको भए त्यसको निम्ति बैकल्पिक व्यवस्था मिलाउँने बताउँदै समयमा बिभागले आफुहरुलाई जानकारी नदिएकै कारण यसरी पानीको निम्ति मानिसहरु तडपिनु परेको तिनले स्पष्ट पारे। आगमी दिनहरुमा शहरबासीहरुलाई पुन: यस्तो समस्या भोग्न नपर्ने जानकारी दिदै यदि सोहि प्रकारको समस्या आए नगरपालीकाले ट्याङकरमा पानी बोकेर भए पनि बितरण गर्ने तिनले बताए। आफुले डाकेको बैठकमा पीएचई बिभागले जलभण्डारमा नेऊराबाट पानीको धारा कम आएको कारण शहरवासीलाई सर्वहारा गर्न नसकेको जानकरी दिएको बताउँदै यस बिषयमा नेऊरा प्रोजेक्टका ईञ्जिनियरहरुलाई जानकारी माग्दा उक्त स्रोतबाट भने पानीको धारा ठूलो रहेको जानकारी दिएको बताउँदै यदि मूल स्रोतबाट पानीको प्रवाह ठूलो छ भने उक्त पानी कता हराउँदैछ भन्ने बिषयमा बिभागले चाँडो पहल गरेर जल आपुर्ति गरी समस्याको समाधान गर्नु भनि निर्देश दिएको थप नगर अध्यक्ष परियारले बताए। यसै सिलसिलामा कालेबुङ शहरमा पहिल्यैबाट आउँने थुकचुक खोलाको स्रोतबारे पनि बिभागलाई जानकारी मागेको तिनले बताए। बिगत दिनहरुमा शहरमा पानीको कुनै अभाव नहुने गरेको स्मरण गर्दै अहिले गरी मानिसहरुले जता ततै अवेद्यरुपले पानीको पाएअपहरु फुटाएर आफ्नु घरमा जडान गरेको कारण पनि यसरी समस्या जटिल बनिरहेको तिनले बताए। यसै सन्दर्भमा तिनले कालेबुङ शहरमा बिगत दिनहरुमा मानिसहरुलाई पिउँने पानीको निम्ति नगरपालीकाले निर्माण गरेको सार्बजनिक कलहरु मानिसहरुले भत्काएर लागेको बताउँदै उक्त स्थानहरु चिन्हित गरेर पुन: सार्बजनिक कलहरु समेत निर्माण गर्ने नगरपालीकाले योजना तयार पारेको जानकारी दिए। यसका साथै शहरमा मैला व्यवस्थापनको निम्ति बिगत दिनमा निर्माण गरेको मैला फ्याँक्ने ढवाङहरु पनि मानिसहरु अवेद्य रुपले दखल गरेर घरहरु निर्माण गरेको बताउँदै उक्त स्थानहरुमा पनि मैला व्यवस्थापनको निम्ति ढ्वाङहरु पुन: निर्माण गर्नुको साथै सार्बजनिक शौचालयहरु पनि निर्माण गर्ने तिनले जानकारी दिए।
यसै सिलसिलामा आज नगरपालीका अध्यक्ष एलबी परियारले कोलकताबाट आएका ईञ्जिनियरहरु संग पनि बैठक गरेको जानकारी दिदै शहरमा आगमी 10 वर्ष पछि हुने पिउँने पानीको समस्यालाई मध्यनर राखेर योजना तयार पारीरहेको जानकारी दिए। कालेबुङ शहरमा रेली खोलाबाट पानी ल्याएर सर्वराह गर्न सके समस्या समाधान हुने दाबी गर्दै यसै बिषयमा योजना तयार पार्न ईञ्जिनियरहरु आएको तिनले जानकारी दिए। उक्त ईञ्जिनियरहरुले आधुनिक तक्निकीको सहयोगमा योजना तयार पारेको बताउँदै रेली खोलाको पानी पम्प गरेर ईष्टमेन रोड नजिक ट्याङकी निर्माण गर्ने योजना तयार पार्ने काम भईरहेको तिनले जनाए। उक्त योजना पारित भए कालेबुङ शहरमा आगमी दशवर्ष पछि हुने पानीको समस्या समेत समाधान हुने तिनले थप बताए।
Post a Comment