मंग्पू निकुन्जिका साहित्य शृंखलाको तेश्रो प्रकरण

मंग्पू| केशर मोक्तान: नवोदित साहित्यकारहरुलाई प्रोत्साहन गराउन साथै मंग्पूको साहित्यिक गरिमालाई उच्च कायम राख्न प्रत्येक महिना मंग्पूको विभिन्न विभागहरुमा निकुन्जिका साहित्य संस्थानले साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ | यसै क्रममा " निकुन्जिका साहित्य शृंखलाको तेश्रो प्रकरण रंग्बी विभाग अन्तर्गत ज्ञानपिठ हाई स्कूलमा सम्पन्न भयो | उक्त साहित्यिक कार्यक्रममा मोहन ठकुरी, किरण ठकुरी, डी० पी० चामलिंग, सगर गुरुङ, पी० एम० रामुदामु, सानु भट्टराई, दिलिप शर्मा, सरोजा बान्तवा, खगेन्द्र बराइली, दीप थापा, सुजित थापा, अनित खाती, सुरेन्द्र थिंग, सागर खवास, आशिषदिप राई, सुबास बस्नेत, नन्द लामिछाने र सुभद्र बोम्जनले कविता वाचन गरे भने दिलिप शर्माले हिन्दीबाट अन्दित कथा पंच परमेश्वर प्रस्तुत गरे | यस्तै गरि आगमी चौथो प्रकरण १० जून को दिन अविनाशी कला संघको तत्वधानमा आदर्श ग्राम ७४ धुरा अगमसिंह गिरी स्कूल(Adarsh Gram,74 Dhura, Agam singh Giri School Mungpoo) मा हुने भएको छ | उक्त साहित्यिक कार्यक्रमलाई छायांकन गरेर मंग्पू च्यानेल( Mungpoo Channel) ले प्रशारण गरेकोमा संस्थाले मंग्पू च्यानेल परिवार प्रति आभार व्यक्त गरेका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.