स्व मदन तामङको श्रद्धाञ्जली जनसभामा छत्र सुबाले भाग नलिने

डी के वाइबा: कालेबुङ 15 मई : अखिल भारतीय गोर्खालिग (अभागोलि) द्वारा दार्जीलिङमा हुने स्व मदन तामङको श्रद्धाञ्जली जनसभामा निमन्त्रणा पठाईएका गोर्खा लिबरेसन अर्गनाईजेसन (जीएलओ) पार्टीका नेता छत्र सुबाले भाग नलिने बताएका छन। तिनले गोर्खालीगको श्रद्धाञ्जली जनसभामा आफुलाई बोलाएको कुरा बताउँदै उक्त जनसभामा नजाने स्पष्ट बताए। मैले अघिबाटै राजनीति नगर्ने घोषणा गरिसकेको छु। यतिमात्र होईन गोर्खाल्याण्डको आन्दोलन समेत छोडिदिएको स्पष्ट रुपमा घोषणा गरे पछि अब किन कुनै राजनैतिक पार्टीको जनसभाहरुमा जानु ? मैले बिगत दिनमा जति गोर्खाल्याण्डको आन्दोलन गर्नु थियो त्यति ईमान्दार पूर्वक गरे। त्यसर्थ अब यस्ता जनसभाहरुमा मैले भाग लिने कुरै छैन – छत्र सुब्बाले भने। यसै अवधी आफुलाई जनसभामा बोलाएको कुनै पत्र नपाए पनि खबर भने प्राप्त भएको बताउँदै यद्यपी जनसभामा जाने कुनै औचित्य नै नरहेको तिनले स्पष्ट पारे। यसै सिलसिलामा तिनले कुराकानी गर्दै बिगत दिनहरुमा आफुले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सकेसम्म लडेको बताउँदै जनताले आफ्नो ईमान्दार नबुझेपछि कसैलाई आन्दोलनको निम्ति कर लगाउँन नसकेको बताउँदै अब आन्दोलन नगर्ने कुरा सबैलाई स्पष्टरुपमा भनेको तिनले जनाए। जाति र माटोको निम्ति आफुले बिगत देखि बर्तमान सम्म कहिल्यै सम्झौता नगरेको बताउँदै अहिले आएर यदि सम्झौता गर्‍यो भने गोर्खाल्याण्डको निम्ति शहिद हुनेहरुको श्राप आफुलाई लाग्ने बताउँदै बरु यस्तो घिन्लाग्दो काम गर्नु भन्दा बुढेसकालमा चुपचाप बस्नु नै उचित रहेको तिनले बताउँदै माटोको निम्ति सम्झौता नगर्ने छत्र सुब्बा बरु पानी बेचेर आफ्नो जिविका चलाउँछ भने तिनले थप बताए। आज अफ्नो 67 औ जन्म दिन रहेको बताउँदै म त बुढो भएँ, उमेर पनि निकै पार भयो जति आन्दोलन गर्नु थियो गरिहाले अब घरैमा पारिवारिक जीवन बिताउँन चाहन्छु- सुब्बाले भने। यसै सिलसिलामा आफ्नो पहिल्यैबाट चलिरहेको पानीको ब्यापार अनि आफ्नो सेनाको पेन्शनले बुढेसकालको जीवन राम्रो बिताउँन सक्छु भन्दै दैनिक 20 हजार देखि 30 हजार लिटर पानीको ब्यापार चलिरहेको तिनले जनाए। उक्त ब्यापरले आफ्नो परिवारको गुजरा राम्रो चल्ने बताउँदै गोर्खाल्याण्डको नाममा जनतालाई ठगेर पैसा कमाउँनु भन्दा बरु यो ब्यापार नै मेरि निम्ति ठिक छ भने।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.