गोर्खाल्याण्डको मुद्दा प्रति सांसद जसवन्त सिह ईमान्दार छैनन – मुनिष तामङ

डी के वाइबा:कालेबुङ 3 मई : दार्जीलि लोकसभा क्षेत्रबाट सांसद बनेका जसवन्त सिह गोर्खाल्याण्डको मुद्दाप्रति ईमान्दार नरहेको गोर्खाल्याण्डा टास्क फोर्सका महासचिव मुनिष तामले हाम्रो प्रजाशक्ति सितको बिशेष कुराकानीमा दाबी गरेका छन। तिनले यदि जसवन्त सिह साँच्चै गोर्खाल्याण्डको मुद्दामा ईमान्दार भएका भए तिनले बजेट सत्रमा राष्ट्रपतिले दार्जीलि पहाडको दिर्घ दिनदेखि रहेको समस्या मेरो सरकारले जीटीएको सम्झौता गरेर गर्‍यो भन्दा बिरोध गर्ने थिए भनि दाबी गरे। बरु राष्ट्रपतिले जीटीए सम्झौता गरेर गोर्खाहरुको समस्या समाधान भयो भनेको ठिक तीन दिन पछि तिनले दार्जीलिका जनताको पक्षमा राष्ट्रपतिको भाषणलाई स्वागत गरेको बताउँदै उक्त कार्यले नै तिनको ईमान्दारीपन देखिएको जनाए।
देशका महामहिम राष्ट्रपतिले गोर्खाहरुको समस्या जीटीएले भयो भने पछि त्यसको बिरोध गर्न बिपक्षी दलका नेता सुषमा स्वाराज सित कुराकानी गरेका थियौ। सोहि क्रममा दार्जीलिका सांसद जसवन्त सिहलाई पनि जीटीएको बिरोध गरेर गोर्खाल्याण्डको आवज उठाउँने अनुरोध गर्‍यौ तर तिनले जीटीएको समर्थनमा बोलेर अनि गोर्खाल्याण्डको आवज नउठाएर गोर्खाल्याण्ड प्रेमी जनतालाई विश्वास घात गरेका छन- मुनिष तामले भने। तिनी गोर्खाल्याण्डको मुद्दामा चुनाव जितेर सांसद बनेको दाबी गर्दै गोर्खाल्याण्डको नाममा भोट पाएर सांसद बनेपछि तिनले आफ्नो कर्तब्य समेत पालन नगरेको तिनले आरोप लगाए। यसै सिलसिलामा तिनले आफुहरुले गोर्खाल्याण्डको मुद्दा उठाउँन तिनीसित कुराकानी गर्न जाँदा यदि आफुलाई मन नपराए सांसदबाट राजीनामा दिने कुरा गरेर आफुहरुलाई फोस्रो धम्कि दिएको आरोप तिनले लगाए। यसै सिलसिलामा तिनले अहिले घरी तेलेंगनाको मुद्दामा सांसदहरुले संसदमा जुनप्रकारले आवज उठाईरहेका छन यस्तो अवस्थामा पनि गोर्खाल्याण्डको मुद्दामा चुनाव जितेर बिजयी बनेका सांसद चुप लागेर बस्नु खुबै दुखपूर्ण रहेको तिनले जनए। यता अहिले घरी जब जब दिल्लीमा तेलेंगनाको मुद्दा चर्किन्छ तब गोजमुमो पार्टीले तेलेंगना गठन भए आहुहरुले पनि गोर्खाल्याण्डको आन्दोलन अघि बडाउँछु भनेर भन्नु हाँस्यस्पद कुरा रहेको बताउँदै यदि आगमी दिनमा तेलेंगना राज्य माग्ने दलहरुले आफ्नो मुद्दा नै छोडेको खण्डमा भने के मोर्चाले पनि गोर्खाल्याण्डको मुद्दा छोडिदिने हुन भनि प्रश्न तेर्साउँदै गोर्खाल्याण्डा राज्य तेलेंगना राज्य गठन नभए पनि हुनुपर्ने तिनले माग गरे। गोर्खाल्याण्डा टास्क फोर्सले गोर्खाल्याण्डाको मुद्दालाई कहिल्यै तेलेंगनाको मुद्दा संग जोडेर हेर्ने नगरेको बताउँदै तेलेंगनाको आन्दोलन अनि गोर्खाल्याण्डाको आन्दोलनमा कुनै तालमेल नरहेको ठोकुवा गर्दै यदि तालमेल छ भने दुवै पक्ष छुट्टै राज्य माग्नेहरु हुन भन्ने मात्र रहेको तिनले स्पष्ट पारे। यसै सिलसिलामा तिनले एउटा प्रश्नको जवाब दिदै बिगत नेपाली भाषा मान्यता आन्दोलनम माईला बाजे उर्फ रतणलाल ब्राह्मणले नेपाली भाषा मान्यताको समर्थनमा सांसदहरुको समर्थनमा हस्ताक्षर संग्रह गरेर ऐतिहासिक कार्य गरेको स्मरण गर्दै यता हेभिवेट नेता भनौदा सांसद जसवन्त सिहले भने गोर्खाल्य़ाण्डको समर्थनमा कुनै सांसदको समर्थन बटुलेर हस्ताक्षर समेत बटुल्न नस्क्नुले तिनी कति सम्म हेभिवेट हुन भन्ने कुरा समेत प्रमाणीत बनेको बताउँदै वास्तवमा तिनी गोर्खाल्याण्डको मुद्दामा पटक्कै ईमान्दार नरहेको पुन: मुनिष तामले कुराकानीको अवधी दाबी गरे।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.