मंग्पू | चन्दन खवास: मंग्पूमा राज्य सरकारले रविन्द्रनाथ ठाकुरको जन्म जयन्ती धुमधाम साथ मनाउने निधो गरेको छ | राज्य सरकारले धुमधामसाथ गुरुको जन्म जयन्ती मनाउने निधो गरेपनि उक्त कार्यक्रम फिका पर्ने अगावै निश्चित भएको छ | राज्य सरकारकै निर्देशनमा सुचना एवम सांस्कृतिक विभाग अहिले समारोहको तयारीमा जुटिसकेको छ | त्यस विभागले कार्यक्रमलाई सफल पार्न हेतु आफ्नो तत्परता देखाउन थालेको छ साथै यो कार्यक्रममा मन्त्रीहरुसितै बिशेष विभागीय अधिकारीहरुको पनि उपस्थिति रहने प्रबल सम्भावना रहेको छ भने सुचना एवम सांस्कृतिक विभाग र राज्य सरकारले जन्म जयन्ती भब्यरुपमा पालन गर्ने तयारीमा रहँदा - रहँदै पनि कार्यक्रम विगत वर्षहरुको तुलनामा फिक्का नै हुने छाँट देखिएको छ | कसरी फिक्का भने यस वर्ष मंग्पूबासीमा त्यस कार्यक्रमलाई लिएर कुनै चासो नै देख्न पाएको छैन यो वर्ष | एक पक्षले जन्म जयन्ती मात्र स्वार्थ पूर्तिको निम्ति मनाउने गर्छ राज्य सरकार भनेर रुष्ठ छ भने अर्को पक्षले केवल झुटो आश्वासन दिनको निम्ति मात्र कार्यक्रम आयोजना गरेको हो भनी सरकारलाई दोश्याउने कार्यहरु भइरहेको छ | जन्म जयन्ती फिका हुने कारणहरुमा धेरैले प्रथमत: राज्य सरकारले घोषणा गरेको आफ्नो आश्वासनहरु पुरा गरोस, घोषणालाई कार्यरुपमा परिणत गरोस भन्ने चाह राखेका छन् भने यसपल्ट सरकारको उक्त कार्यक्रममा जनताको उपस्थिति पनि त्यति नहुने प्राय: निश्चित भएको छ |कारण सरकारको झुटो आश्वासनले अब मंग्पूबासी हैरान बनिसकेका छन् |
यस्तै प्रकारले सरकारले मंग्पू रविन्द्र संग्राहलयलाई सधै आफ्नो फाइदा र स्वार्थको निम्ति मात्र प्रयोग गर्ने गरेको जनतालाई पटक्कै पच्न सकेको छैन | वर्षमा दुई पल्ट मात्र सम्झने राज्यका मन्त्री अनि अधिकारीहरुले उक्त संग्राहलयलाई सिन्कोनाले संरक्षण दिएर अहिले सम्म दिगो रहेको यो संग्राहलयलाई कहिले काहीं राज्य सरकारले आफ्नो स्वार्थको निम्ति राजनीति पनि गरि रहेको शंका गरिरहेको छ विपक्षले | मंग्पू रविन्द्र संग्राहलयलाई पुर्व सरकारले झैं वर्तमान ममता सरकारले पनि घोषणा, योजना, आश्वासन र राजनीतिमामा नै संग्रहालय सिमति रहेको छ | घोषणा अनुरुप अहिलेसम्म यहाँ विधुतिकरण समेत भएको छैन न नै रात्री चौकीदार नियुक्त गरियो | फेरि राज्य सरकारले जन्म जयन्तीको बहानामा मंग्पूआ कार्यक्रम गर्दै फेरि झुटो घोषणा नै गर्ने बुजिसकेका छन् जनताले यसैले झुटो अब जनता झुटो घोषणाको साक्षी बन्न चाहँदैनन् |

Post a Comment
We love to hear from you! What's on your mind?