मंग्पूमा राष्ट्रिय पर्यावरण जनचेतना कार्यक्रम

मंग्पू | २४ मई: मंग्पू क्षेत्र अन्तर्गत रहेका विभिन्न प्राथमिक पाठशालाहरुको तत्वधानमा तथा फोसेफ दार्जीलिंगको सहयोगमा आ- आफ्नो क्षेत्रमा राष्ट्रिय पर्यावरण(National Environment) सचेतना कार्यक्रम सम्पन्न भयो | दिनांक १५ मई को दिन गान्धी प्राथमिक पाठशाला(Gandhi Primary School,Mungpoo)मा उपस्थित समिति तथा क्षेत्र परिदर्शक महोदयको उपस्थितिमा गान्धी स्मारक अनि सरस्वती भाष्मे(Saraswati Bhasmey), अपतन प्राथमिक पाठशाला(Apatan Primary School,Mungpoo)का शिक्षक / शिक्षिका, विधार्थीवर्गलाई लिएर उक्त सचेतना कार्य सम्पन्न भएको थियो भने उसरी नै मंग्पू विभाग अन्तर्गत मंग्पू विभागीय प्राथमिक पाठशाला(Mungpoo Divisional Primary School) र शिशु शिक्षा केन्द्र राजमान धुरा(shishu shiksha kendra,Rajman Dhura Mungpoo)का विधार्थीवर्ग, सहायिकावर्ग, अभिभावक साथै गाउँबासीको उपस्थितिमा उक्त कार्य संचालन भए जसमा विरुवा रोपण, पानीका मुहानहरु साफ- सफाई संगै पर्यावरण बारे विस्तृत जानकारी दिइयो साथै भविष्यमा अझ विराट कार्यक्रमहरु लिने औ कार्यक्रमको औचित्यलाई कार्यरूपमा उतार्ने जस्ता निर्णय लिए |
यसै क्रममा लाब्दा खास बुनियादी पाठशाला (Labdah Khas Primary School)प्रांगणमा गोपाल राईको अध्यक्षतामा र प्रल्हाद राईको मुख्य अतिथ्यमा पर्यावरण बारे बृहत कार्यक्रम सम्पन्न भयो | अजय छेत्री अनि उतम मुखिया द्वारा संचालित कार्यक्रममा लाब्दा खास बुनियादी पाठशाला, शिक्षा ज्योति लाब्दा खास निम्नोच्च विधालय(Shiksha Jyoti Labdah Khas Junior-High School), बोरदांग लिटल एन्जेल्स नर्सरी स्कूलका सम्पूर्ण शिक्षक/शिक्षिका, विधार्थीवर्ग उपस्थित थिए | कार्यक्रममा बस अनि चित्र बनाउ, कविता, निबन्धहरु पर्यावरण सम्बन्धि साथै प्रतियोगितात्मक रूपमा राखिएको थियो | यस बाहेक विभिन्न पाठशालाका नानीहरुले मनोरन्जनात्मक नृत्यहरु पनि पेश गरेका थिए | उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले ओजपूर्ण वक्तव्यहरु पनि पेश गरे भने डी० आर० छेत्री भू० पू० प्रधान अध्यापक , शिक्षक बी० के० राई, सुदेश थापा, किशोर थापा साथै गाउँका गन्यमान्य व्यक्ति अनि वुजुर्गहरुको उपस्थिति थियो |

मंग्पू क्षेत्र अन्तर्गत रहेका विभिन्न प्राथमिक पाठशालाहरुको तत्वधानमा तथा फोसेफ दार्जीलिंगको सहयोगमा आ- आफ्नो क्षेत्रमा राष्ट्रिय पर्यावरण(National Environment) सचेतना कार्यक्रम सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.