डी के
वाइबा: कालेबुङ 29 मई: रम्बि प्राथमिक
स्वास्थ्य केन्द्र अहिले रोगीहरुलाई स्वास्थ्य बनाउँनको साटो आफै दिनो दिन
अस्वस्थ्य बन्दै गईरहेको छ। कोटा अनुरुप अस्पतालमा छ जना डाक्टर, 12 जना नर्सहरु
हुनपर्ने भएता पनि अहिले घरी 4 जना डाक्टरहरु अनि 6 जना नर्सहरुले अस्पतालमा रोगीहरुको
स्याहर सुसार गर्न परिरहेको छ। मानिसहरु दैनिक सयौँको संख्यामा उक्त प्राथमिक
स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गर्न आउँछन तर डाक़्टरहरु अपर्याप्त रहेको कारण
अस्पतालमा आईपुगेर बिरामी जाँच गर्न अन्य अस्पतालतिर जान परिरहेको छ। यतिमात्र
होईन राष्ट्रिय राजमार्ग 31 ए मा कुनै सडक दुर्घटना हुँदा पनि धेरजसो रम्बि
प्राथमिक केन्द्रमा नै प्राथमिक उपचारको निम्ति पुर्याउँने काम गरिन्छ तर
अस्पतालमा समयमा डाक्टरहरुको अभाव हुने गरेको कारण बिरामीहरुको ज्यान बचाउँन
अन्यत्र हतार गरेर लैजान पर्ने भएको स्थानीय आनिसहरुको भनाई रहेको छ। यतिमात्र
होईन उक्त स्वास्थ्य केन्द्रमा सरकारी दवाईहरुको अभाव समेत सधै खट्किने गरेको कारण
बिरामीहरुले आफ्नै खर्चमा दवाईहरु किनेर खान परेको पनि स्थानीय मानिसहरुको गुनासो
रहेको छ। अस्पतालमा सरसफाई गर्ने कर्मचारीहरुको अभाव त छँदैछ जसको कारण आधा दिन
बित्दा समेत अस्पताल परिसरमा रहेको दुर्घन्दित मैलाहरु बिरामीहरुलाई थप अर्को
बिरामी बनाउँने गरि सडिरहेको अवस्थामा रहेको हुन्छ। सोहि अस्पतालको विविध समस्याहरुलाई
लिएर आज रम्बि ग्राम समितिका एक प्रतिनिधी टोलिले अस्पतालका अधिकारी डा सि के
छेत्रीलाई भेट गरेर अस्पतालमा रहेको समस्याहरु समाधान गर्ने माग गर्दै ज्ञापन पत्र
सुम्पियो। ग्राम समितिका सयोजक सजिव प्रधानले अस्पतालको समस्या समाधानको माग गर्दै
ज्ञापन पत्र सुम्पिए पछि पत्रकारहरुसित कुराकानी गर्दै अस्पतालमा डाक्टर, नर्स अनि
अन्य कर्मचारीहरुको अभाव रहेको कारण स्थानीय मानिसहरुले अनेकौ समस्याहरु भोग्न
परिरहेको बताउँदै यस बिषयमा बिभागले यथाशिघ्र पहल गर्नुपर्ने माग गरे। तिनले
अस्पतालमा समस्याहरु अनेकौ हुनको साथै डाक्टहरु कार्यमा समेत नियमितरुपले उपस्थित
नहुने गरेको आरोप लगाए। दिनौ अस्पतालमा मानिसहरु स्वास्थ्य जाँच गर्न अस्पतालमा
आउँने गरे पनि अस्पतालमा डाक्टरहरु अभावको कारण सबैले थुप्रै दुख भोग्न परिरहेको
दाबी गर्दै अस्पतालमा मैलाहरुको थुप्रोले पनि परिसर दुर्घन्दित रहेको तिनले बताए।
यसका साथै अस्पतालमा अनेकौ तक्निकीहरु भएता पनि यसको प्रयोग नभएको कारण पनि
मानिसहरुले स सानो जाँच गर्नको निम्ति पनि नजिकै रहेको स्वास्थ्य केन्द्र छोडेर
अन्यत्र जान परिरहेको तिनले गुनासो पोखे।
अर्कोतिर
यस बिषयमा अस्पतालका स्वास्थ्य अधीकारी सी के छेत्रीसित जान्न चाहँदा तिनले
अस्पतालमा डाक्टर तथा नर्सहरुको अभावकै कारण आफुहरुले पनि थुप्रै समस्या भोग्न
परिरहेको स्पष्टिकरण दिए। पहिले पुरानो अस्पतालको भवन जिर्ण रहेको कारण अझ थुप्रो
समस्या रहेको बताउँदै गत वर्ष नयाँ भवनको निर्माण भए पछि कतिपय समस्याहरु भने
समाधान भएको तिनले जनाए। बिभागले नयाँ भवन निर्माण गरे पनि अस्पतालमा डाक़्टर तथा
नर्स अनि अन्य कर्मचारीहरु पूर्ण रुपले नियुक्ति नगरेको बताउँदै यस बिषयमा
सम्बन्धित अधिकारीहरुलाई पत्रचार समेत गरेर समस्याबारे अवगत गराएको तिनले जानकारी
गराए। तिनले अस्पतालमा डाक़्टरहरु समयमा उपस्थित हुँदैन भन्ने कुराको खण्डन गर्दै
डाक्टरहरुले आफ्नो जिम्मेवारी ईमान्दार संग निभाउँने कार्य गरिरहेको तिनले दाबी
गर्दै पूर्ण रुपले यदि भिभागले सबै डाक्टर तथा नर्सहरुको नियुक्ति गरे मानिसहरुले
कुनै समस्या भोग्न नपर्ने जानकारी गराए। यसै सिलसिलामा आफुहरुले बिभागबाट आएका
सरकारी दवाईहरु बिरामीहरुलाई सही तरिकाले बितरण गरिरहेको बताउँदै यदि भिभागले
अस्पताललाई उपलब्ध गराएको दवाई सकेको खण्डमा भने बिरामीहरुले दवाई किन्न परेको पनि
तिनले जानकारी गराएका छन।
Post a Comment
We love to hear from you! What's on your mind?