मंग्पू | केशर मोक्तान: मंग्पूमा रविन्द्र जयन्तीको तयारी युद्धस्तरमा चलिरहेको छ | राज्य सरकारका उतर बंग बिकाश परिषद, जिल्ला सुचना एवम सांस्कृतिक विभाग, तक्दा खण्ड बिकाश साथै सिन्कोनाको संयुक्त आयोजनामा भोलि मंगलबारको दिन मंग्पू रविन्द्र भवनमा १५२ औ कवि गुरु रविन्द्रनाथ जन्म जयन्ती पालन गरिने जानकारी जिल्ला सुचना एवम सांस्कृतिक विभाग अधिकारी पी० डी० बलले बताएका छन् | आज सिन्कोना बगानका कर्मचारीवर्गले रविन्द्र भवनमा साफ सफाई तथा बिभिन्न रंगका लाइट लगाएर रविन्द्र संग्राहलयलाई सिंगार्ने कार्य भइरहेको छ | यसरी भोलि ८ मई बिहान ११ बजेदेखि विश्व कवि रविन्द्रनाथ ठाकुरको जन्म जयन्ती धुमधामले पालन गरिने भएको छ भने कार्यक्रम उद्घाटन उतरबंग बिकाश मन्त्री गौतम देवले गर्ने भएको छ | उक्त कार्यक्रमका स्वागत भाषण दार्जीलिंगका अतिरिक्त जिल्लापाल प्रनिता परियारले गर्ने भएको छ भने कार्यक्रममा अतिथि कलाकार सरोजनी रसाइली, कोलकाता माया चक्रवती तथा सिलिगुडी अनि दार्जीलिंगबाट आएका कलाकारहरुले रविन्द्र संगीत प्रस्तुत गर्ने भएको छ | उक्त समारोहमा स्थानीय मोर्चाका शिर्ष नेतृत्ववर्गलाई कुनै पनि निमन्त्रणा नपठाएको कारण उनीहरुले त्यस कार्यक्रममा अंश ग्रहण नगर्ने जानकारी मोर्चा मंग्पू - लाठ पन्चर जोन संयोजक तथा संगठानिक सचिव केन्द्रिय समिति रतन थापाले बताएका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?