मंग्पू: प्रत्येक वर्ष झैँ यस वर्ष पनि मंग्पूका विभिन्न गुम्बाहरुमा भव्यताको साथ भगवान बुद्धको २५५६ वा जन्म जयन्ती पालन गरियो | यहाँको लाब्दा विभागको सबैभन्दा पुरानो गुम्बामा तीन दिन अघि देखि दोमांग पाठ गरि अभिषेक वितरण गरियो | बिहान लाब्दा दोंगा छ्योलिंग सार्वजनिक बौद्ध गुम्बादेखि नालीडांडा गुम्बा परिक्रमा गरि भगवान बुद्धको प्रतिमालाई परिक्रमा गरियो | यसरी धर्म गुरु पासांग लामा र पेमा लामाले धार्मिक प्रवचन सुनाए पश्चात भक्तजनलाई अभिषेक वितरण गरियो | यहाँको डीन्छेन शेरप छोइलिंग गुम्बा, लाब्दा बस्ति सार्वजनिक गुम्बा, मंग्पू विभाग, रेषेप विभाग र विचकमान सार्वजनिक गुम्बाहरुमा पनि बुद्ध जयन्ती धुमधाम साथ पालन गरियो |

Post a Comment
We love to hear from you! What's on your mind?