माध्यमिक परिक्षामा मंग्पू सरस्वती उच्चतर माध्यमिक विधालयबाट सय प्रतिशत उतीर्ण

मंग्पू : यस वर्षको माध्यमिक परिक्षामा मंग्पू  सरस्वती उच्चतर माध्यमिक विधालय (Mungpoo Saraswati Higher Secondary School)बाट सय प्रतिशत विधार्थीहरु उतिर्ण भएका छन् | ७५ छात्र - छात्राहरुले माध्यमिक दिएका थिए भने सबैजना उतीर्ण भएका छन् | ३९  जना छात्र अनि ३६ जना छात्रावर्गमा  २३ जना प्रथम श्रेणीमा उतिर्ण भएका छन् भने ३८ जना दोश्रो दर्जामा उतीर्ण भएका छन् | कुन्दन थापा स्कूल टपर बनेका छन् जसले ७७ प्रतिशत अंक प्राप्त गरेका छन् भने छात्राहरुमा सलमा थापा ७४ प्रतिशत अंक ल्याउन सफल बनेकी छिन | 
यही  अवसरमा विधालय प्रधान अध्यपक एन० बी० छेत्री(Principal N.B Chettri)ले सबै शिक्षक - शिक्षिका लगायत विधालय परिवारलाई कृतज्ञता ज्ञापन गरेका छन् साथै उतीर्ण विधार्थीहरुलाई शुभकामना बधाई दिएका छन् | तथापि अहिलेको समयमा सय प्रतिशत परिक्षाफल रहेतापनि हाम्रो समाजमा घट्दो शिक्षाको गुणस्तर माथि चिन्ता व्यक्त गर्दै  भविष्यमा सय प्रतिशत नै अंक प्राप्त गर्ने आह्वान गरेका छन् |

स वर्षको माध्यमिक परिक्षामा मंग्पू सरस्वती उच्चतर माध्यमिक विधालय (Mungpoo Saraswati Higher Secondary School)बाट सय प्रतिशत विधार्थीहरु उतिर्ण भएका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.