समचारको असर रम्बी स्कूललाई - सबै पुगे विधालय कल्याणमा

रम्बी बजार हाइस्कूलको विविद समस्याहरु कालेबुंग दर्पण पातामा प्रकाशित भएपछि यसको असर देखिन थालेको छ | हिज रम्बी रयांग थाना प्रभारीले विधालयका प्रधान अध्यापक समल कार्कीसित भेट गरे पश्चात विधालय परिसरको निरिक्षण गरे | यस्तै गरि रम्बी ग्राम सुधार समितिका सचिव संजीव प्रधान,  गोजमुमो रम्बी बजार शाखाका सभापति एम० बी० सिंह,सचिव ध्रुब राई, युवा मोर्चा सभापति जितेन छेत्री, उपसचिव अरुण भण्डारी, मणि छेत्री,दिपक थापा र अन्य समाजसेवीहरुले पनि विधालय परिसरको परिभ्रमण गरे | स्थानीय बासिन्दा आर० के० सुब्बाले विधालय कै नजिकमा सुँगुरको खोर बनाएकोले यसको दुर्गन्धले असाहय बनेका विधालय परिवारको पक्षमा छात्र - छात्रावर्ग, समाज, पार्टी एवं प्रशासनलाई कानुनी कारवाहीको निम्ति आवेदन गरेका थिए भने यसै सन्दर्भमा थाना प्रभारीले परिभ्रमण गर्दै आर० के० सुब्बा एवं उनको परिवारलाई झट्टै प्रधान अध्यापक कार्यलयमा उपस्थित हुन सुचित गरिए वापद सुब्बा लगायत उनको परिवार उपस्थित भए | यसरी सुब्बाका परिवारले एक हप्ता भित्र सुँगुरको खोर अन्यत्र सार्ने अनि विधालय परिसरलाई सुरक्षित सफा राख्नमा पूर्ण साथ दिने बचन दिए | अर्कोतिर एनएचपीसी द्वारा निर्माण गरिएको  विधालय भवनको पछिल्लो भित्तामा टसाएर पुर्व छात्र सिमन बराइलीले सौचालय पनि थाना प्रभारीले निरिक्षण गरि उनलाई पनि बेलुकी पाँच बजेभित्र रम्बी थानामा उपस्थित हुने थाना बडा बाबुले आदेश दिए | हिज प्रधान अध्यापक कार्यलयमा पार्टीका कार्यकर्ता र संघ संस्था साथै समाजका प्रतिनिधिहरु भेला भए पछि विधालयको कल्याणको निम्ति प्रधान अध्यापक एवं संचालन समितिबाट उठाइएको कुनै पनि कदममा पार्टी, समाज एवं प्रशासनले पूर्ण सहयोग पुराउनेछ भन्ने भरपर्दो बचन प्रधान अध्यापकलाई दिए पस्चात प्रधान अध्यापक समल कार्कीले आजसम्म जुन प्रकारको सहयोग र सहानुभूति प्राप्त भइरहेछ सो भविष्यमा विधालयलाई सफल तरिकाले अघि बढाउन सबैलाई सहयोग गरिदिने आह्वान एवं अनुनय गरे भने अन्तमा संचालन समितिका सचिव रोहित शर्माले सबैलाई आभार व्यक्त गरे | 

रम्बी बजार हाइस्कूलको विविद समस्याहरु कालेबुंग दर्पण पातामा प्रकाशित भएपछि यसको असर देखिन थालेको छ | हिज रम्बी रयांग थाना प्रभारीले विधालयका प्रधान अध्यापक समल कार्कीसित भेट गरे पश्चात विधालय परिसरको निरिक्षण गरे |

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.