राष्ट्रिय राजमार्ग ३१ ए हाइवे अलग समष्टि नहुनमा मोर्चाको राजनैतिक स्वार्थ रहेको आरोपको पूर्ण खण्डन गोजमुमो लोहापूल, सुन्तले,बिरिक शाखा सचिव कल्याण राईले गरेका छन् | हाइवे समष्टि हुन सक्यो वा सकेन यो हाम्रो आन्तरिक मामिला हो तर यसमा क्रामाकपालाई विरोध गर्ने आवश्यकता छैन र यसमा परिवार देखि बाहिरकाहरूले बोल्ने र समिकरण गर्ने प्रश्नै उठ्दैन | गोजमुमो पार्टीको स्वार्थको कारण भएको हो भन्ने व्यक्तिहरु केवल मौकामा चौका हान्ने व्यक्तिहरु मात्र हो | यस्ता मौकावादीहरुको हामी घोर भर्त्सना गर्छौ | पारिवारिक समस्या देखेर बाबु छोराको बिच सन्त्रास फैलाउने परिवार देखि बाहिरकाहरुलाई कुनै सरोकार छैन | हामी समस्त हाइवेबासीले यस विषयमा राम्ररी चिन्तन गरेर नै कतिपय टेक्निकल कुराहरुको कारण हाइवे समष्टि बन्नमा वाधा पुगेको हो | यसमा पार्टीको मतलबी कदम उठेको छैन | आज समस्त हाइवेको जनता नै मैदानमा उत्रिएर बुझ्न सकेका छौ भने जनतालाई भड्काउन अन्यहरुलाई बोल्ने कुनै काम नै छैन, हाम्रो बिचमा यस्ताहरुको कमी जसले बाबु छोराको माझ फाटो ल्याउँछ, यस कुराको विरोधमा क्रामाकपा प्रति हाइवे लोहपुल सुन्तले बिरिक गोजमुमो शाखा घोर भर्त्सना गर्दछ भनि शाखा अध्यक्ष दल बहादुर गुरुङले जनाएका छन् |
क्रामाकपाको आरोपको गर्यो घोर भर्त्सना
05Jun2012
Post a Comment