डी के वाइबा: कालेबुङ 5
जून: गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पार्टीले सरकारी धनराशी दुरुप्रयोग
गरिरहेको आरोप लगाउँने क्रामाकपा पार्टीले यसचोटि चन्द्रमान धुरामा बिकासको नाममा
मोर्चाले सरकारी राशन समेत दुरुप्रयोग गर्दै पार्टीको स्वार्थपुर्तिको काम गरिरहेको
आरोप लगाएको छ। क्रामाकपा कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौड्यालले
यहाँको पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गोजमुमो पार्टीले सरकारी
धनराशी दुरुप्रयोज गरेको सन्दर्भमा महकुमा अधिकारीलाई ज्ञापन पत्र सुम्पिएर जाँचको
माग गरेको जानकारी दिए। तिनले हाल मोर्चाले क्रामाकपालाई मास्नको निम्ति बिभिन्न
षडयन्त्र रचिरहेको आरोप लगाउँदै मोर्चाको कार्यलाई सरकारले समेत सहयोग गरिरेहेको
आरोप लगाए। कुनै पनि क्षेत्रको बिकास हुन आवश्यक छ भन्ने कुरामा क्रामाकपाको सोच
रहेको बताउँदै तर बिकास गर्ने सरकारको प्रक्रिया जुन प्रकारको छ त्यसको ठिक बिपरीत
एउटा राजनैतिक पार्टीका नेताले कसरी बिकास कार्य गर्न सक्छन भन्ने तिनले प्रश्न
गर्दै यस कार्यमा व्यापक रुपले सरकारी धनराशीको दुरुप्रयोग भईरहेको तिनले आशंका
व्यक्त गरे। हाल गोजमुमो पार्टी प्रमुख बिमल गुरुङले
चन्द्रमान धुरा लगायत वरीपरि मानिसहरुलाई बितरण गरिरहेको च्यादर तथा बाटो
निर्माणको पैसा कताबाट आउँदैछ भन्ने कुरा सरकारले जाँच गरेर सार्बजनिक गर्नुपर्ने
माग गर्दै हाल उक्त स्थानमा मोर्चाले पार्टीको स्वार्थ पुरा गर्न सरकारसित मिलेर
राहत कोषमा रहेको राशन समेत दुरुप्रयोग गरिरहेको दाबी गरे। तिनले चन्द्रमान धुरामा
गोजमुमो पार्टीले सुकिया खण्ड बिकासमा रहेको राहत कोषको राशन बिभागसित मिलेर दुरुप्रयोग
गरिरहेको दाबी गर्दै सरकारी राहत कोशमा रहेको राशन बोकेर चन्द्रमान धुरा पुगेको
वाहन समेतको नम्बर खुलासा गरेको छ। क्रामाकपाले चन्द्रमान धुरामा
सरकारी राहत कोशमा रहेको राशन किन अनि कसरी पठाईयो भन्ने कुराको जाँच कार्य आरम्भ
गरिरहेको बताउँदै खण्ड बिकास अधिकारीलाई जिल्ला साशकले निर्देश दिएर उक्त राशन
त्यहाँ पुराउँने काम भएको तिनले जनाए। यस बिषयमा गोजमुमो पार्टीसित बिभागको
मिलीभगत रहेको कुरा पुष्टि भएको दाबी गर्दै चन्द्रमान धुरामा किन यसरी राहत कोषमा
रहेको सरकारी राशन पठाईयो भनि प्रश्न गरे। बिभागले राहत कोषमा रहेको सामग्री कुनै
प्राकृतिक आपदा आउँदा प्रयोग हुने गरेको बताउँदै त्यस क्षेत्रमा कुनै आपदा नाआएता
पनि यसरी एउटा राजनैतिक पार्टीले सरकारी धन प्रयोग गर्नु गैरकानुनी रहेको बताउँदै
यसबारे बिभागले जवाब दिनुपर्ने माग गरे। कुनै पनि आपदको समयमा प्रयोग हुने राहत
कोषको राशन मोर्चाले बिभागको मिलिभगतमा क्रमैले वाहन नम्बर W.B 73 – 5110 अनि W.B 73- 7083 मा प्रति वाहन साठी बोराको दरले मोठ 120 बोरा चन्द्रमान
धुरा पुर्याएको दाबी गर्दै तर उक्त वाहनको सामग्री चन्द्रमान धुरामा पुर्याएर
पनि पुन सुनदहको एउटा निजी गोडाऊनमा ल्याएर राख्ने कार्य भएको खुलासा गर्दै यसबारे
बिभागले यथाशिघ्र जवाद दिनुपर्ने क्रामाकपा आञ्चलिक समितिका प्रवक्ता मोहन
पौड्यालले माग गरे। चन्द्रमान धुरामा बिकासको नाम गरेर मोर्चाले यसरी कुनै पनि
सरकारी धनराशी प्रयोग गर्नु एकदमै गैर कानुनी हो भन्दै यस कार्यलाई किन बिभागले
प्रश्र्य दिने कार्य गरिरहेको छ भनि तिनले प्रश्न गरे। उक्त राहत कोषको राशन
दार्जीलिङ घुम भञ्जाङमा
रहेको एफसीआईको राशन गोदामबाट लगिएको दाबी गर्दै कुनै पनि राजनैतिक पार्टीले आफ्नो
स्वार्थ पुर्तिको निम्ति यसरी राहत कोषको राशन आफु खुशी बितरण गर्ने कार्य
निन्दनिय रहेको तिनले बताउँदै उक्त कार्यको क्रामाकपाले जोडदार बिरोध गर्ने बताए।
कुनै पनि राहत सामग्री पठाउँन अघि ग्राम पञ्चायतबाट सामग्री मागिएको पत्र बिभागले
पाए पछि मात्र उक्त राहत सामग्री पठाउँने सरकारी व्यवस्था भएता पनि उक्त स्थानमा
भने ग्राम पञ्चायतलाई यसबारे कुनै जानकारी समेत नभएको पौड्यालले थप जानकारी गराएका
छन। तिनले हाल गोजमुमो प्रमुख बिमल गुरुङले
चन्द्रमान धुरामा डेरा हालेर मोर्चाकै बयान अनुरुप थाह पाएको दुईहजार जीएलपी राखेर
बस्नुको औचित्य बिकाश गर्नु नभएर सरकारी पैसाको दुरुप्रयोग गर्दै क्रामाकपालाई
मास्नु रहेको तिनले थप आरोप लगाए। हाल मोर्चा प्रमुखले त्यस क्षेत्रमा बितरण
गरिरहेको च्यादर बिषयमा शंका गर्दै कतै उक्त च्यादर अनि घर बनाउँने पैसा दार्जीलिङका
सांसद जसवन्त सिहको कोषमा दार्जीलिङ पहाडका मानिसहरुका निम्ति आएको 15
सय घरको सुचिबाट कतै काटिने काम त भईरहेको छैन भनि तिनले प्रश्न गरे।
अर्कोतिर यसै क्रममा पत्रकारहरुलाई
सम्बोधन गर्दै क्रामाकपा महासचिव तारामणि राईले गोजमुमो पार्टीले दार्जीलिङ
पहाडमा गणतान्त्रिक परिवेशलाई बिगारेर
जीटीएको चुनावमा बहुमत ल्याउँछु भन्ने बयान दिएको आरोप लगाए। तिनले यदि जीटीएको
चुनाव गणतांत्रिक परिवेशमा गराए गोजमुमो सय प्रतिशत बिजय हुनुको साटो बहुमत समेत
बटुल्न नसक्ने स्थितिमा पुग्न सक्ने दाबी गर्दै तर राज्य सरकारले गोर्खाल्याण्डको
आवजलाई उठन नदिन पनि जीटीएको चुनावमा अगणतान्त्रिक परिवेश सृजना गरेर मोर्चालाई
सत्तामा राख्ने तिनले ठिकुवा गरे। यदि यस सम्बन्धम राज्य सरकारले मदन तामङका
हत्याराहरुलाई पक्रेर पहाडमा चुनावको निम्ति गणतान्त्रिक परिवेश बनाए मोर्चाको हार
निश्चित रहेको तिनले बताउँदै क्रामाकपा पार्टीले भने जीटीए चुनावको अधिसुचना जारी
भएपछि मात्र चुनाव बारे अडान स्पाष्ट पार्ने जानकारी दिए।
Post a Comment
We love to hear from you! What's on your mind?