गोजमुमो हाइवे ब्लक कमिटिबाट सक्रिय पार्टी अनि जातिको निम्ति संधै अघि बढ्ने ब्लक कमिटि पुर्व अध्यक्ष सागर लामा द्वारा नयाँ जीटीए सिमांकन बारे खुशी व्यक्त गर्दै विगत दिनमा आफूले गरेको भूल स्वीकार गरेका छन् | बिशेष: विगत दिनहरुमा आफूमाथि कतिपय व्यक्तित्वहरुको दबाउ आउँदा कतिपय भूलहरु भएको स्वीकार गर्दै अब उसो आफूबाट भूल नहुने पार्टी कहाँ जाहेर गरौं चाहेका छन् | मेरो शुरु गोजमुमोबाट भएको छ भने अन्त पनि यही हुन्छ | मेरो अन्तिम सास सम्म नै म पार्टीको कर्मठ व्यक्ति भइ जिउनेछु भनि प्रण गरेका छन् | पार्टी विरोधी कुराहरुको निम्ति कहिले पनि आफू अघि नभएको जानकारी दिंदै सर्व जनतालाई पार्टीको निम्ति बलियो बनाउने बिचार पोखेका छन् | आफू द्वारा भएको भुल संसोधनमा पार्टी द्वारा कुनै पनि पहल गरिन्छ भने सहर्ष स्वीकार गर्ने जानकारी संगै गोजमुमो हाम्रो निम्ति एक बलियो धरातल हो जहाँ अध्यक्ष बिमल गुरुङको नेतृत्व सुनमा सुगन्ध झैं छ भनि सर्व जनता समक्ष जाहेर गरेका छन् | पार्टी अध्यक्ष बिमल गुरुङ झैं योग्य र जनहितको नेता अन्य कहिँ नभएको लामाले दाबी पनि गरे | यसर्थ पार्टी हेतु अन्तिम सम्म नै आफ्नो योगदान र दिने चाह राख्दै आगमी दिनहरुमा अझ कर्मठ भइ पार्टी द्वारा निर्णय लिएका हरेक कुराहरु पुरा गर्न आफू लागि पर्ने प्रण तिनले गरेका छन् |
लोहापूल सुन्तले बिरिक शाखा द्वारा जीटीए सिमांकन अन्तर्गत लाब्दा मंग्पू समष्टिमा गाभिएको खुशीमा सरकार समक्ष आभार व्यक्त गर्दै आज मोर्चा अध्यक्ष बिमल गुरुङलाई पनि समस्त शाखा पदाधिकारीवर्ग, युवा मोर्चा, नारी मोर्चा द्वारा आफु खुशी रहेको जानकारी पुराएका बताएका छन् | अध्यक्ष गुरुङ संगको भेटमा शाखाका समस्त जनता अति नै खुशी रहेको जानकारी शाखा पदाधिकारीवर्गले जनाएका छन् | लोहपूल सुन्तले बिरिक शाखाले आज सम्म गरेको त्याग र बलिदानको मुल्यांकन भएकोमा साँच्चै शाखाका समस्त जनता खुशी बनेको छ साथै अध्यक्ष गुरुङबाट शाखा अनि पार्टीलाई बलियो बनाएर आज सक्रिय भइ अघि बढ्ने अनुमति पाएकोमा शाखा द्वारा आभार व्यक्त गर्दै अब उसो पार्टी अनि जातिको अस्तित्व बचाउँन कुनै पनि कसर बाँकी नराख्ने प्रण पनि सागर लामाले गरेका छन् | साथै पार्टी अनि जातीको विरोधमा खडा हुने प्रतिद्वान्दीलाई शाखाले सहन गर्ने छैन भनि शाखा सचिव कल्याण राईले जानकारी दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?