मङपूमा स्वन्त्रता दिवश समारोह भब्य रुपमा पलान

मङपू१६अगस्ट(केशर मोक्तान): मङपूमा स्वतन्त्रता दिवश समारोहको रौनकता दिन प्रतिदिन बड़दै गईरहेको छ|मङपू खेलकूद संघको तत्वधानमा सम्पन्न भएको ६६वा स्वतन्त्रता दिवस समोराका प्रमुख अतिथि एवं जी.टी.ए  सभासद  रतन थापाको बाहुलीबाट राष्टिय झन्डा उत्वालन गरि कार्यक्रमको शुरु गरियो|संघका सचिव राम पोखरेलले स्वागत सम्भाषण राखेको उक्त खेलकूद समारोहमा एन.एच.पी.सी.द्वरा निर्मित पेभिलियनको उदघाटन एन.एच.पी.सी का जी.एम. आर.के .बर्माको बाहुलीबाट गरियो| स्वतन्त्रता दिवश समारोहमा मङपू वरिपरि बिध्यालहरु सरस्वतीबिध्यालाई ,ज्ञानपीठबिध्यालाई, शारदाबिध्यालाई .अगमसिंह बिध्यालाई, लाब्दा एमएसके, कस्तुरी एमएसके, गुडस्टार्ट एकादमी , सेन्टमंगल एकादमी , ग्रीनमाउन्टेन, ग्रीनहिल एकादमी,डा.अम्बेदकर स्कूलका नानीहरुले परेड(मार्च पास)खुबै रोचक ढंगमा प्रस्तुत गरेर सम्पूर्ण दर्सकवर्गलाई मन्त्र मुघ पारे भने परेडको सलामी ग्रहण प्रमुख अतिथि रतन थापा र मङपू भू.पू सैनिकले लिएका थिए|येस्तै गरि सेन्टएन्थोनी स्कूलका नानीहरुले देशभक्ति गीतमा रोचक नृत्य प्रस्तुत गरे भने लिट्टलएन्जेल स्कूलका नानीहरुले पनि नृत्य प्रस्तुत गरे|परेडमा अंग्सग्रहण गरेका सम्पूर्ण स्कूलहरुलाई समोरहाका प्रमुख अतिथि रतन थापा बिशिस्ट अतिथि सिन्कोना बगान निदेसक डा.जी.सी .सुब्बा.,बगान ब्यवस्थापक एवं सभाध्याक्ष सी.बी. थापा., जी.एम. आर.के .बर्मा लगायत अन्य अतिथिको बाहुलीबाट पुरुस्कार वितरण गरियो|समोरह्लाई सम्बोधन गर्दे प्रमुख अतिथि रतन थापाले त्यस दिनको समोरह्लाई सरहाना गर्दे अगामी दिनमा जी.टे.ए मार्फत मङपूमा धेरै नै बिकाश गर्ने बचन दिए|यसरी बिशिस्ट अतिथि एन.एच.पी.सी का जी.एम. आर.के .बर्माले समोरह्लाई सम्बोधन गर्दे मङपू जन्मैदानलाई बिस्तार गर्नको निम्ति अगामी दिनमा प्रयास गर्ने साथै जन्मैदानको निम्ति एउटा जनसौचालय एन.एच.पी.सीको तर्फाबाट निर्माण गरि दिने कुरो बताए|बिशोर कार्की र अनीत खातीले संचालन गरेको उक्त समारोहमा सभापति सी.बी थापाले अध्यक्ष भाषण राखेर कार्यक्रमको समाप्त गरे|

मङपूमा स्वतन्त्रता दिवश समारोहको रौनकता दिन प्रतिदिन बड़दै गईरहेको छ|मङपू खेलकूद संघको तत्वधानमा सम्पन्न भएको ६६वा स्वतन्त्रता दिवस समोराका प्रमुख अतिथि एवं

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.