मनरेगा योजना अन्तर्गत सही कार्य नभएको कृषक कल्याण संगठनले न्यायलयको ढोका ढक ढकाउने

डी के वाइबा, कालेबुङ, 16 अगस्त।   केन्द्र सरकारको मनरेगा योजना अन्तर्गत बिभिन्न क्षेत्रहरुमा भईरहेको अनियमितता बारे कानुनि हस्तक्षेपको माग गर्दै कालेबुङ कृषक कल्याण संगठनले जिल्लापाललाई ज्ञापन चडाएको छ। संगठनका महासचिव बिष्णु छेत्रीले यस बारे जानकारी दिदै संगठनले पहाडमा मनरेगा योजना अन्तर्गत राम्रो कार्य होस भन्ने चाहना लिएर नै उक्त पहल गरेको जनाएका छन। तिनले राज्य सरकार अनि जिल्लापालद्वारा किनारीकृत अनि साना कृषकहरूले मनरेगा अन्तर्गत व्यक्तिगत सहुलियत दिनुपर्छ भनेर खण्ड विकास अधिकारीहरूलाई निर्देश दिइसकेको भएपनि खण्ड विकास अधिकारीहरूले टेरपुच्छर नलगाएको आरोप लगाएका छन।सङ्गठनका सचिव विष्णु छेत्रीले भनेअनुसार, मनरेगामा कृषकहरूले व्यक्तिगत सुहलिय पाउने अधिकार छ। जुन कुरा 14 फरवरी 2012 मा नै राज्यले पुष्टि गर्दै जिल्लापालसमक्ष कृषकहरूलाई व्यक्तिगत सहुलियत दिनुपर्छ भनेर निर्देष भइसकेको हो। यस बिषयमा जिल्लापालले खण्ड बिकासह अधिकारीहरुलाई समेत निर्देश दिईसको बताउँदै यता कृषकवर्गले भने उक्त सुबिधा पाउँन नसकेको जनाए। कृषकवर्गले उक्त सहुलियत पाउँनुको साटो यस सम्बन्धमा गरेको आवेदनसमेत ग्राम पञ्चायत अनि खण्ड विकास अधिकारीहरूले स्वीकार नगर्ने गरेको कुरा छेत्रीले थप आरोप लगाएका छन्‌। तिनले संगठनको पक्षबाट उचित पहलको माग गर्दै ज्ञापन पत्र चडाएको जानलारी गराउँदै जिलापाललाई समस्या समाधानको निम्ति 15 दिनको अल्टिमेटम समेत दिएको जनाए। तिनले यदि 15 दिनभित्र पनि कुनै पहल नभएर सङ्गठनले न्यायलयको ढोका ढकढकाएर कानुनि कार्वाहीको निम्ति पहल गर्ने केतावनी समेत दिएको छ। तिनले  पञ्चायातले कुनै सभा नगरीकन आफ्नो स्वार्थमा विकास योजनाहरू तयार पार्ने गरेको आरोप लगाउँदै ग्राम पञ्चायत कार्यमा राजनैतिक हस्तक्षेप भइरहेको आरोप थप लगाएका छन

केन्द्र सरकारको मनरेगा योजना अन्तर्गत बिभिन्न क्षेत्रहरुमा भईरहेको अनियमितता बारे कानुनि हस्तक्षेपको माग गर्दै कालेबुङ कृषक कल्याण संगठनले जिल्लापाललाई ज्ञापन चडाएको छ। संगठनका

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.