डी के वाइबा, कालेबुङ, 16 अगस्त। बिगत
बर्षहरु झै यस बर्ष पनि यहाँको मेला ग्राउण्डमा 66 औ सवतन्त्रता दिवस
भव्यताको साथ पालन गरियो। यस अवसरमा मुख्य
अथितिको रुपमा जीटीए उप मुख्य कार्यकारी अवकाशप्राप्त कर्णल रमेश आले
उपस्थित रहेका थिए। बिगत बर्षहरु झै यस वर्ष पनि बिहान यहाँको मोटर
स्ट्याण्ड नजिक रहेको गाँन्धी गेटबाट प्रभात फेरी कार्यक्रम संगै
बन्देमातरमको नारा लगाउँदै मानिसहरुले नगर परिक्रमा गरे। यस अवसरमा पहिला
गाँन्धी गेटमा अवस्थित महात्मा गाँन्धीको सालिगमा माल्यार्पण गरियो भने
सोहि क्रममा थाना
डाँडामा अवस्थिर सहहिद दलबहादुर गिरीको सालिगमा पनि मानिसहररुले माल्यअर्पण
गरेर श्रद्धाञ्जली चडाए। मेला ग्राउण्डमा खचाखच मानिसहरुले भरीएको
अवस्थामा मुख्य अथिति अवकाश प्राप्त कर्णल रमेश आलेले महात्म गाँन्धीको
तस्बिर अघि दिप प्रज्ज्वलन गरेर माल्यार्पण संगै राष्ट्रिय ध्वज उत्तोलन
गरेपछि सम्पूर्ण बिद्यार्थीवर्ग लगायत अन्य मानिसहरुले पनि राष्ट्रिय गान
संगै
राष्ट्रिय ध्वजालाई सलामी दिए।
मुख्य
अथिति आलेले राष्ट्रिय ध्वजा उत्तोलन गरे पछि सबैलाई सम्बोधन गर्दै भारत
स्वाधीन भए पनि गोर्खाहरु भने आज सम्म पनि सवतन्त्र बन्न नसकेको दाबी गरे।
“देश स्वाधीन गर्न हाम्रा बीर गोर्खी सपुतहरुले ज्यानको बाजि लगाएका छन।
देशको निम्ति बलिदान दिएका छन। यद्यपी आज
भारत स्वाधीन बनेको 66 औ बर्ष पुग्दा पनि गोर्खाहरुले भने वास्तविक
स्वातंत्रता भने पाएका छैन” – रमेश आलेले भने। तिनले देशलाई अङ्ग्रेजहरुको
हातबाट स्वधीन गर्ने बीर सपुतहरुलाई सम्झना गर्दै शहिदहरु प्रति श्रद्धा
प्रकट गरे। सोहि अवसरमा तिनले सम्बोधन गर्दै स्वाधीनता दिवसको अवसरमा एउटा
राम्रो समाज अनि देश निर्माणको निम्ति सम्पूर्ण मानिसहरुले कसम खानुपर्ने
आह्वान
गरे। “बर्तमान समयमा हाम्रो समाजमा ड्रग्स खानेहरुको संख्या दिनो दिन
बृद्धि भईरहेको कुरा अघि आईरहेको छ। राम्रो समाज र राष्ट्र निर्माणको
निम्ति यस्ता कुलतहरुमा युवाहरु फँसिन हुँदैन। एउटा देशको सभ्य नागरिक बनेर
बाँच्नको निम्ति हामिले आजको दिनमा ड्रग्स जस्तो नराम्रो कुरालाई त्याग्ने
कसम खानुपर्छ” – रमेश आलेले भने। तिनले देशको असल नागरीक बनेर अघि बड्नको
निम्ति
सबै बिद्यार्थीहरुलाई अह्वान गर्दै बिद्यार्थीहरुको हरेक समस्याहरु समाधान
गर्न जीटीए सभाषदहरु लागिपर्ने तिनले बताएका छन। तिनले बिगत 21 वर्षमा जे
भयो अब त्यस्तो नहुने बताउँदै जीटीए मार्फत अब पहाडमा आमूल परिवर्तन
ल्याउँने पनि आलेले ठोकुवा गरे। गोजमुमो पार्टीले बिद्यार्थीहरुको भबिष्य
सुन्दर बनाउँन प्रयासरत रहेको तिनले दाबी गर्दै मोर्चाले पहाडमा शिक्षालाई
पहिलो
प्राथमिकता दिएर कार्य थालानी गरेको पनि जानकारी गराए।
मुख्य
अतिथि जीटीए उप मुख्य कार्यकारी अवकाशप्राप्त कर्णल रमेश आलेले सम्बोधनको
क्रममा सबैलाई स्वातंत्रता दिवसको शुभकामना दिएपछि कालेबुङका बिभिन्न
बिद्यालयका बिद्यार्थीहरुमाझ मार्च पास प्रतियोगिता सम्पन्न भयो। बिभिन्न
बिद्यालयका
बिद्यार्थीहरुले क्रमबद्ध रुपमा मार्च पास प्रस्तुत गर्दै राष्ट्रिय
ध्वजलाई सलामी दिएपछि मुख्य अतिथि रमेश आलेले उक्त सलामी ग्रहण गरे। यस
अवसरमा यहाँको कन्या उच्चतर माध्यमिक बिद्यालयका बिद्याथीवर्गले खुबै
आकर्षक ड्रिल प्रस्तुत गरेका थिए। देशको अखण्डतालाई कायम राख्ने सन्देश
सहित प्रस्तुत गरिएको उक्त ड्रिल खुबै आकर्षक रहेको थिरो। यस अवसरमा
बिभिन्न बिद्यालयका
बिद्यार्थीहरुमाझ सम्पन्न भएको मार्च पास प्रतियोगितामा यहाँको संत
फिलोमिना बिद्यालयलले पहिलो स्थान ओगट्न सफल बने भने कन्य उच्च बिद्याल्कय
दोस्रो अनि प्रणामी बिद्या बालिका मन्दिर तेस्रो बने। उक्त मार्च पास
प्रतियोगितामा बिजयी बन्ने प्रतियोगिहरुलाई मुख्य अतिथिको बाहुलिबाट नगद
राशी सहित पुरस्कार प्रदान गरियो भने मार्च पासमा भाग लिने बिद्यालयहरुलाई
पनि
सान्तवना पुरस्कार प्रदान गरियो। उक्त मार्च पास प्रतियोगितामा सबै भन्दा
आकर्षका मार्च पास दृष्टिहिन बिद्यार्थीहरुले गरेका थिए। मैदानमा दृष्टिहिन
बिद्यार्थीहरुले मार्च पास प्रस्तुत गर्दा सम्पूर्ण मानिसहरुले तिनीहरुलाई
ताली बजाएर हौसला प्रदान गरेका थिए।
Post a Comment
We love to hear from you! What's on your mind?