मङपूमा श्री कृष्ण प्रणामी गीता मन्दिरको उदघाटन

मङपू१७ अगस्ट(केशर मोक्तान) श्री १०८  मंगलदासजी महाराजले १९६९ सालमा निर्माण गरिएको रेसेप  बिभाग मङपूमा अवस्थित श्री कृष्ण प्रणामी गीता मन्दिरलाई पुनःनवनिर्माण गरेर १५ अगस्ट बुधबारको दिन श्री १०८ सदानन्दजी महाराज अनि श्री १०८ मोहन प्रिय आचार्य महाराजको बाहुलीबाट उदघाटन गरियो| गुरुजी श्री १०८ मंगलदासजी महाराज अनि १०८ राधिका दासजी महाराजकोको स्मृतिमा श्री १०८ सदानन्दजी महाराजले नवनिर्माण गरेको उक्त मन्दिर उदघाटन समारोहका प्रमुख अतिथिको रुपमा उपस्थित  जी.टी.ए सभासद रतन थापाले भक्तजनहरुलाई सम्बोधन गर्दै मन्दिर ठाउँ ठाउँ मा बनिनु पर्छ जसले गर्दा मानिसहरुमा एकता प्रेम बड़ेर जान्छ साथै धार्मिक आस्थाहरु पनि आम मानिसमा दिनप्रतिदिन बड़दै जाने कुरो बताए|यस्तै गरि सदानन्दजी महाराजले सम्बोधन गर्दै यस मन्दिर मैले मात्र बनाएको होइन सबै प्रणामी आलम लगायत अन्य भक्तजनहरुको आर्थिक सहयोगको कारण आज यहाँ श्री कृष्ण प्रणामी गीता मन्दिर बनिनु सफल भएको धकुरो भक्तजनहरुलाई  आवगत गराए| श्री १०८ मोहन प्रिय आचार्य महाराजले सबैलाई सम्बोधन गर्दै यस नवनिर्माण मन्दिरमा गुरुजी मंगलदासजी महाराजको चरण परेको कारण पनि यस श्री कृष्ण प्रणामी गीता मन्दिरलाई कालेबुङ मंगल धाम कै रुपमा हेर्न सकिने साथै यहाँको मन्दिरलाई पनि तीर्थस्थलको रुपमा मान्न सकिने बताए|उक्त मन्दिर उदघाटन समारोहमा विभिन्न संघ संस्था लगायत सम्पूर्ण धर्म सम्प्रदायका मानिसहरु उपस्थित रहेका थिए|

श्री १०८ मंगलदासजी महाराजले १९६९ सालमा निर्माण गरिएको रेसेप बिभाग मङपूमा अवस्थित श्री कृष्ण प्रणामी गीता मन्दिरलाई पुनःनवनिर्माण गरेर १५ अगस्ट बुधबारको दिन श्री

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.