बिशेष
प्रतिनिधी, दिल्ली 8 अगष्ट: एकातिर दार्जीलिङ पहाड सुवास घिसिङको 21 बर्षे युग
समापन भएर लालकोठिबाट बिमल गुरुङ एव जीटीएको नयाँ अध्याय सुरु भएको छ भने अर्कोतिर
क्रामाकपाको युवा संगठन भने जीटीएको तिब्र बिरोध गर्न पछि परेको छैन। यसै
सिलसिलामा क्रामाकपा पार्टीको युवा एकाई गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाल्ले दिल्लीको जन्तर
मन्तरमा जीटीएको
जोडदार बिरोध गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्यो। भारतभरी छरिएर बसेका
गोर्खाहरु राष्ट्रिय राजनैतिक सुरक्ष तथा राष्ट्रिय परिचर जीटीएले बोक्न नसक्ने
दाबी गर्दै गोर्खाहरुको समस्या केवल गोर्खाल्याण्डले मात्र गर्ने गक्रायुमोले दाबी
गरेको छ। उक्त धर्ना कार्यक्रम गक्रायुमो अनि बिद्यार्थी मोर्चाको आयोजनामा दुई
दिवसिय सम्पन्न भईरहेको छ। यस अवसरमा गक्रायुमो अनि बिद्यार्थी मोर्चाको धरनामालाई सफल पार्न भाकपा
(माले)-का पोलिट ब्युरो सदस्य रामजी राय, सी.पी.आई.एम
एल (लिबरेसन) केन्द्रिय समिति सदस्य प्रभात, एसी.सी.टी.यू
का महा-सचिव सपन मुखर्जी, क्रामाकपा
दिल्ली साखाका संयोजक उत्तम छेत्री, हरियाणा
राज्य संयोजक किरण बी.के आदि उपस्थित रहेका थिए।
पहिलोदिनको
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै गक्रायुमो महासचिव अरूण
घतानीले
जीटीएले गोर्खाहरुको समस्या समाधान नगर्ने दाबी गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको
माग गरे। तिनले भारतमा गोर्खाहरूको उपस्थिति अनि सङ्कटलाई सरकारले अनदेखा
गरेर दार्जीलिङमा जी.टी.ए.सभा भनेर चिनिने जुन व्यवस्था लागु गरेको यसबाट सरकारको
भारतभरिका गोर्खा जातिप्रतिको मनोभाव स्पष्ट हुन्छ भन्दै जीटीएको जोडदार बिरोध
गरे। तिनले छुट्टॅइ राज्य गोर्खाल्याण्ड
संवैधानिक अधिकार रहेको
बताउँदै यसलाई कसैले दिन्न भन्न नसक्ने दाबी गरे। अहिले भारतभारी छरिएर बसेका
गोर्खाहरुलाई सरकारले दार्जीलिण्ग़ पहाडमा जीटीए जस्तो निम्न स्तरको व्यवस्था थोपेर
गोर्खाहरुको समस्या समाधान भयो भनेर हल्ल पिटिरहेको दाबी गर्दै गोर्खाहरु
दिर्घकालीन समस्याको समाधान केवल छुट्टै राज्य गोर्खाल्याण्डले मात्र गर्ने तिनले
स्पष्ट बताए। तिनले छुट्टै राज्य गोर्खाल्याण्ड लिएरै
छोडछौँ भन्दै दार्जीलिङका
जनताको राजनैतिक हक र अधिकारको साटो पैसा र प्रलोभनमा फुस्लाउन खोज्ने सरकारको
हास्यस्पद पहल हामीलाई स्वीकार्य छैन भनि जानाए। तिनले धर्ना कार्यक्रमलाई
सम्बोधन गर्दै जीटीए गठन गरेर सरकारले गलत पहल गरेको बताउँदै उक्त गलत
राजनैतिक पहलको परिणाम ठिक हुदैन भने। जातीक आन्दोलनमा लागिपरेका सम्पूर्ण
जातिमा एकता निर्माण गर्नु पर्ने विषयमा जोड दिदै उनले ’भारतवर्षमा आज जाति समस्या अनि सवालमा फँसेका
सम्पूर्ण जाति-गोष्ठीहरू ठुला राष्ट्रिय राजनैतिक दलको आश्वासन अनि भोट राजनीतिको
शिकार मात्र बनेको तथ्य लुकेको छैन अब भारतबर्षमा यी समग्र जातीक सङ्घर्षमा लागेका
दल अनि समुहहरू सरकारको यस्तो उपहास अनि नौटंकीको विरोधमा खडा भएर सङ्घर्ष गर्नु
पर्नेछ’ – अरुण
घतानी भने।
यता
गक्रायुमोको धर्नालाई साथ दिन आएका भाकपा(माले) पोलिटब्युरो सदस्य रामजी रोयले
गोर्खाहरूले दीर्घ दिनदेखि उठाउदै आएको माग एक लोकतान्त्रिक अनि संवैधानिक माग हो भनि बताए। तिनले गोर्खाहरुको
छुट्टै राज्यको मागलाई राष्ट्रविरोधी वा अलगाववादी माग होइन अनि
यदी यसलाई सरकारले त्यस्तै दृष्टिकोणले हेर्छन् भने देशमा गोर्खा रेजिमेन्ट नै
स्थापित गरेर बसेको सरकार स्वयम अलगाववादी भनेर सिद्ध हुनेछन् भनि आरोप लगाए। तिनले
गोर्खाहरू सहित देशमा अलग राज्य तथा स्वायत्त राज्य आदिको माग उठाईरहेका जातीक संघर्षहरूलाई
गम्भीरतासित लिएर सरकारले फेरी राज्य पुनर्गठन आयोग नै गठन गर्नु पर्छ भनि बाताएका छन। यसैक्रममा
धर्ना कार्यलाई टीकाराम राईले सम्बोधन गर्दै : गोर्खाहरूको राष्ट्रिय पहिचानको
सम्वेदनशील सवाललाई राज्य अनि केन्द्र सरकारले विकासको मुद्दा बनाएर समस्या
बुच्याउने जुन उपाय लिए त्यो खतरनाक छ यसले भविष्यमा दार्जिलिङमा अशान्ति अनि
हिंसालाई फैलाएर जाने सम्भावना छ भनि जनाए। जी.टी.ए.एस नामक व्यवस्थाबाट त्यहाँका
जनता खुशी छैनन् अनि दार्जिलिङमा गणतान्त्रिक माहौलको अभावलाई केन्द्र सरकारले
गम्भिरतापुर्वक लिउन भन्दै सरकार गोर्खाहरुको राजनैतिक हक अधिकार दिलाउँन पछि पन्छिएर
नहुने बताए। अर्कोतिर क्रामाकपा दिल्ली शाखाका सयोजक उत्तम छेत्रीले ‘भारतीय संविधानको धारा ३ (क) अन्तर्गत हामीले
गोर्खाल्याण्डको माग उठाईरहेका छौं तर सम्पूर्ण राष्ट्रिय राजनैतिक दलहरूले
गोर्खाहरूको सवाललाई लिएर उदासिन व्यवहार प्रकट गरिरहेका छन् भनि आरोप लगाउँदै सरकार
गोर्खाल्याण्डको मुद्दप्रति गम्भिर बन्नु पर्ने आह्वान गरे। बिभिन्न स्थानहरुबाट
भेला भएका उक्त धर्ना कार्यक्रम बोलि पनि जारे रहने भएको छ। यस अवसरमा उक्त धर्ना
कार्यक्रमलाई क्रामाकपा हरियाणा शाखा संयोजक किरण बी के,
ग्रकायूमो उपाधक्ष्य
एन. खम्बु. ग्रकाविमो सदस्य दिपेन खवास, ग्रकायुमो सदस्य विक्रम खवास, सुनिल छेत्री, अरूण छेत्री आदिले पनि सम्बोधन गर्दै छुट्टै
राज्य गोर्खाल्याण्डको माग गरे।
Post a Comment
We love to hear from you! What's on your mind?