‘गोर्खा वार म्युजियम’मा भानुभवनबाट हटाईएका मूर्ती स्थापित गरिनेछ – रमेश आले

कालेबुङ 10 सितम्बर।  दार्जीलिङको गोर्खा भवनको शिरमा राखिएको गोर्खा सिपाहीको मूर्ती अचानक हटाईएपछि बिभिन्न प्रतिक्रिया शुरु भएको छ। उक्त मूर्ती निकाले पछि बिभिन्न राजनैतिक पार्टीले मोर्चामाथी गोर्खाहरुको अस्तित्व मेटाउँने कार्य भईरहेको आरोप लगाएको छ भने यता मोर्चाले भने बिपक्षी दलहरुले लगाएको आरोपलाई खण्डन गरेको छ। एकातिर बिपक्षी दलहरुलाई मोर्चा माथि प्रहार गर्ने अवसर प्राप्त भएको छ भने अर्कोतर्फ मोर्चाले आफ्नो बचाव गर्दै उक्त मूर्तीलाई अझ आकर्षीत स्थानमा पुअन: स्थापना गर्ने बताएको । यसै सिलसिलाम आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन उपप्रमुख कर्णल रमेश आलेले स्पष्टिकरण दिदै मोर्चाले गोर्खाहरुको ईतिहास अनि अस्तित्वलाई मेटाउँन उक्त मूर्ती हटाईएको होईन भने। “म स्वय सेनामा खटेका मानिस हूँ। सेनाको मूर्ती हटाएर अपमान गर्ने कार्य हामी सहन गर्दैनौ तर, उक्त मूर्ती अपमान गर्न हटाईएको होईन। हामीले गोर्खाहरुको ईतिहासलाई बँचाएर राख्न ‘गोर्खा वार मेमोरियल म्युजियम’ निर्माण गर्ने योजना बनाएका छौ। उक्त मुजियम बतासे अनि घुमको बिचमा निर्माण गर्नेछौ। उक्त म्युजियममा सन 1815 देखि गोर्खाहरुको ईतिहास लेखिनेछ। यतिमात होईन सबै गोर्खाहरुको अमूल्य स्मृति चिन्हहरु पनि म्युजियममा सुरक्षित राखिने छ। त्यसैले यहाँ गोर्खहरुको अस्तित्व मेटिने कार्य भईरहेको छ भन्ने कसैले आरोप नलगाउँनुहोस” – रमेश आलेले भने। तिनले उक्त मूर्तीलाई पनि सोहि म्युजियमको अगाडी स्थापना गरिने जानकारी गराउँदै गोर्खा भवनमा भन्दा धेर आकर्षक तरिकाले सजाएर राख्ने पनि बताएका छन। “हामीले मूर्ती बिनाकारण तोडेका होईनौ, यसलाई भूईँमा झार्न अघि गोर्खा वार म्युजियमको परिकल्पना तयार परिसकेका थियौ अनि सोहि म्युजियममा उक्त मूर्तीलाई सजाएर राख्न गोर्खा भवनबाट हटाईएको हो”- आलेले अझ भने। तिनले उक्त म्युजियममा सन 1815 देखि यता भारतमा गोर्खाहरुले बगाएको रगत अनि देशलाई दिएको बालिदानको कदर गर्दै तिनीहरुको ईतिहास सम्पूर्ण गोर्खाहरुको हितमा स्वर्ण अक्षरले अङकित गरेर राख्ने पनि बताएका छन। गोर्खा भवनमा राखिएको उक्त मूर्तीप्रति जति पर्यटकहरु आकर्षित हुने गर्थे त्यस भन्दा धेर बतासे नजिक बनाईने म्युजियममा पर्याटकहरु आकर्षित हुने बताउँदै उक्त म्युजियमबाट गोर्खाहरुको ईतिहास सबैले बुझ्ने पनि तिनले बताएका छन। यसैक्रममा तिनले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख बिमल गुरुङको बचाव गर्दै बिमल गुरुङले मूर्ती भत्काएर सेनालाई अपमानित गर्ने काम कहिल्यै गर्दैनन भने। उक्त म्युजियम निर्माण गरेर त्यस ठाउँमा उक्त मूर्तीलाई सम्मानपूर्वक राखिने गुरुङको सोच रहेको रमेश आलेले अझ बताएका छन।

दार्जीलिङको गोर्खा भवनको शिरमा राखिएको गोर्खा सिपाहीको मूर्ती अचानक हटाईएपछि बिभिन्न प्रतिक्रिया शुरु भएको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.