लामाहट्टामा ८ परिवार पहिरोको कारण आफन्तको शरण लिन बाध्य

केशर मोक्तान: तक्दा रंगली रंग्लियट खण्ड अन्तर्गत पेशोक समष्टिमा अविरल वर्षाको कारण धेरै क्षति पुराएको छ | ६ दिन देखि लगातार रुपमा परिरहेको पानीले यहाँको जन जीवन अस्त - व्यस्त नै बनाएको छ | लामाहट्टा ग्राम पंचायत वार्ड न० ८,९,१० अनि ११ मा बस्ने बासिन्दाहरु पहिरोको चपेटमा परेका छन् | यस क्षेत्रमा पहिरो जान शुरु भएको कारणले प्रेम कुमार छेत्री , मनोज छेत्री , सुमित्र घले, ममता छेत्री, जुना छेत्री, नरेन देवान, दिल कुमार छेत्री अनि जम्मा तीस परिवार भन्दा अधिक पहिरोको चपेटमा परेर आफ्नो आफन्तको घरमा शरण लिन वाध्य भइरहेका छन् | हिज पहिरो ग्रस्त क्षेत्रमा जीटीए कार्यकारीणी सभासद रमेश लामा, खण्ड विकाश अधिकारी एस्तर लेप्चा, कल्याण विभाग अधिकारी आर० आर० देव रिलिफ कमिटिको साथमा परिभ्रमण गरे | उक्त क्षेत्र भ्रमणकारीहरुले सम्पूर्ण रिपोर्ट खरसांग विधायक रोहित शर्मा अनि दार्जीलिंग जिल्लापाल समक्ष सुम्पने जानकारी लप्चु - तक्लिंग गोजमुमो सभापति एच० बी० सुब्बाले दिएका छन् | ती पिडित परिवारहरुलाई सरकारी सहुलियत उपलब्ध गराउन आफ्नो पक्षबाट सकेसम्म प्रयास गर्ने सभासद रमेश लामाले जनाएका छन् |

तक्दा रंगली रंग्लियट खण्ड अन्तर्गत पेशोक समष्टिमा अविरल वर्षाको कारण धेरै क्षति पुराएको छ | ६ दिन देखि लगातार रुपमा

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.