मंग्पू मोटर कर्मचारी संगठन द्वारा हिमालय दर्पणका पूर्व सम्पादकलाई सम्बर्धना

मंग्पू (केशर मोक्तान| मनोज थापा) दिग्गज गुरुहरुको सामुन्ने दिग्गज शिष्यहरु झुकेर आज विश्वकर्म पुजा कै दिन महत कार्यक्रम गरेर मंग्पू मोटर कर्मचारी कल्याण संगठनले ७ जना विशिष्ट व्यक्तिहरुलाई सम्मान जनाएको उक्त ऐतिहासिक कार्यक्रममा एम० बी० राई ( सम्पादक हिमालय दर्पण  दैनिक समचार पत्र ), आर० बी० राई ( भू० पू० जिल्ला परिदर्शक, शिक्षा विभाग ) , डा० जी० सी० सुब्बा ( निर्देशक, सिन्कोना बगान मंग्पू) किरण लोहार( सचिव , शिक्षा विभाग) ज्योति राई ( पूल एंड ट्राभल्स, सभासद) के० बी० तिम्सिना ( वयोवृद्ध चालक) अनि निमा तामांग( समाज सेवी) लाई उनीहरुको योगदानको मुल्यांकन गर्दै सम्मान जनाए | कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथिको आशनबाट यसो भने -" आफुलाई शिक्षक भनि माग्न अनि मेरो सम्बोधन आफुलाई शिक्षक मात्र ठान्दिन, मंग्पूको सरस्वती उच्चतर माध्यमिक विधालयमा कुनै समय म पेशाले शिक्षक नै थिए | त्यसपछि समयको अन्तरालपछि आफुले साहित्यानुरागीको रूपमा विभिन्न साहित्यिक संस्थाहरुसित सम्बन्धित रहें | त्यसताकका भू० पू० विधार्थीवर्गलाई सम्बोधन गर्न आतुर मनका भावहरु पोखौं पाउँदा हर्ष व्यक्त गर्दै भने - हामी सबैले इश्वरलाई पुजा गर्छौ, इश्वर प्रकृति हो, प्रकृति विश्व हो अनि विश्वको कर्मलाई नै विश्वकर्मको पुजा भनिन्छ |
उनले अझ भने - प्रत्येक मानिसमा अन्तर्निहित भावना भित्र बेग्ला - बेग्लै भावहरु पोख्न रुचाउँछन् | तथापि, भावनाहरु प्राय: वेदनापूर्वक हुँदछ| हाम्रो जीवनको चाहे जति कै सुखमय रहेपनि अन्तमा मृत्यु  शैया पुग्ने  भएकोले हरेक  मनिसले आफ्नो दायित्ववोद हुनपर्छ |
कार्यक्रममा भू० पू० शिक्षकगण मोहन ठकुरी , एस० एम० राई, के० बी० गिरी , डी० बी० थापा अनि ए० के० गुरुङलाई संगठनले टोपी लगाएर सम्मान जनाए भने कार्यक्रमका प्रमुख अतिथि रतन थापा ( कार्यकारी सभासद वन विभाग मंग्पू लाब्दा समष्टि ) ले सबैलाई सम्बर्ध्ना पत्र चडाए |
कार्यक्रम संचालन सुरेन्द्र थिङले गरेका थिए भने अध्यक्ष हर्क लामा रहेका थिए औ श्रद्धापुर्वक भजन गायन मंग्पू सांगीतिक कला एकाईले प्रस्तुत गरेका थिए |

दिग्गज गुरुहरुको सामुन्ने दिग्गज शिष्यहरु झुकेर आज विश्वकर्म पुजा कै दिन महत कार्यक्रम गरेर मंग्पू मोटर कर्मचारी कल्याण संगठनले ७ जना विशिष्ट व्यक्तिहरुलाई सम्मान जनाएको

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.