डी के वाइबा, कालेबुङ
13 सितम्बर। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा नेपाली भाषाको अनिवार्य रुपले
प्रयोग गर्नुपर्छ भनेर गोर्खा जनमुक्ति बिद्यार्थी मोर्चाले घोषणा गर्दै 9 सितम्बर
सम्ममा अन्य भाषाहरुमा लेखिएको सूचनापटहरु समेत निकाल्नु अनि उक्त सूचना पट तथा
होर्डिङहरु ननिकालिए बिद्यार्थी मोर्चाले च्यात्नेछ भनेर दिएको अल्टिमेटम समाप्त
भएको चार दिन पछि बङलाभाषामा लेखिएको पोष्टर टाँसिएको छ। यहाँको टाउन हल परिसर
वरीपरि पश्चिम बङगाल सरकारले एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा उक्त बङला भाषामा
लेखिएको पोष्टर टाँसिएको छ। दार्जीलिङ पहाडमा नेपाली भाषा प्रयोगको कुरालाई लिएर
अहिले चारैतिर पहल शुरु भईरहेको अवस्थामा बङगाल सरकारको बङला भाषामा लेखिएको
पोष्टर देखा पारेपछि राज्य सरकारले नेपाली भाषाको अवहेलना गरिरहेको चर्चा शुरु
भएको छ। यता नेपाली भाषाको अनिवार्य प्रयोगको दाबी गर्ने बिद्यार्थी मोर्चाले भने
उक्त पोष्टरहरु टाँसिन्दा समेत मौनता अप्नाएर बसेको छ। तिनीहरुले अगावै नेपाली
भाषा बाहेक अन्य भाषामा लेकिएको पोष्टरहरु च्यात्ने घोषणा गरेको भए पनि आज बङला
भाषामा लेकिएको पोष्टर भने केहि गरेनन। यतिसम्म कि उक्त पोष्टर सम्बन्धि कुनै
आधिकारीक टिप्पणी समेत बिद्यार्थी मोर्चाले गरेको छैन। आज अचानक यहाँको टाउँनहल
परिसरमा उक्त बङला भाषामा लेखिएको पोइष्टर टाँसिए पछि “नेपाली भाषा प्रयोग गर” भन्नेहरुले
पोष्टर च्यात्छन होला भन्ने सम्भावना रहेको थियो तर नेपाली भाषाको नारा लगाउँनेहरु
देखा समेत परेन। यद्यपी उक्त पोष्टर टाँसिको थाह पाए पछि कालेबुङ कृषक़ कल्याण
संगठनले भने बिरोध गरेको छ। उक्त पोष्टर कुनै राजनैतिक पार्टीले नटाँसेर यहाँको
सूचना अनि साँस्कृतिक बिभागले टाँसेको थाह लागेको छ। बङगालमा तृणमूल सरकारले आफ्नो
कार्यकाल एक वर्ष पुरा गरेको अवसरमा छपिएको उक्त पोष्टर बिभागमा सरकारबाट आए पछि
टाँसेको थाहा लागेको छ। सुचना अनि साँस्कृतिक बिभागद्वार उक्त पोष्टर टाँसिएको भए
पनि बिभागकै अधिकारी भने बङला भाषामा लेकिएको पोष्टर पड्न जान्दैनन तर सरकारी
बाध्यता अनुरुप पोष्टर टाँसेको जनाएका छन। यता यस सम्बन्धमा बिभिन्न प्रतिक्रिया
शुरु भएको छ। एकथरिका मानिसहरु राज्य सरकारले पहाडका नेपाली भाषी मानिसहरुलाई उक्त
पोष्टरको माध्यमबाट जब्बरजस्ति बङला भाषा पडनै पर्ने बाध्यता गराउँन खोजिरहेको हो
भनिरहेका छन। यता आज उक्त पोष्टर देखा परेपछि कालेबुङ कृषक काल्याण संगठनले बिरोध
गर्दै नेपाली भाषी मानिसहरु प्रति सरकारले अवहेलना गरेको आरोप लगाएको छ। संगठनका
महासचिव बिष्णु छेत्रीले यस सम्बन्धमा बोल्दै पहाडका 98 प्रतिशत मानिसहरुले बङला
भाषा पड्न नजाने पनि यसरी बङला भाषामा लेकिएको पोष्टर टाँस्नु नेपाली भाषी
मानिसहरु प्रति सरकारले अवहेलना गरेको दाबी गरे। सोहि सिलसिलामा संगठनका महासचिव
छेत्रीले आज नगरमा उक्त पोष्टिङ देख्नेबित्तैकै कालेबुङ महकुमा सूचना अनि संस्कृति
विभाग अधिकारी मितेन्द्र छेत्रीसित पनि भेट गरे। तिनले यससम्बन्धमा बिभागले
टाँसेको उक्त पोष्टर प्रति स्पष्टिकरण समेत मागे भने पहाडामा बङ्गला भाषामा
पोष्टरिङ गर्नुको उद्देश्य के- हो भन्दै दार्जीलिङ जिल्लापाललाई फ्याक्स मार्फत
पत्रचार गरेका छन्। नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको बीस बर्ष पुरा
गरिसकेको अवस्थामा अनि बङ्गाल सरकारले दार्जीलिङ पहाडमा सरकारी भाषाको मान्यता
प्रदान गरेको अवस्थामा कुन बङला भाषमा लेकिएको पोष्टर बिभागलाई टाँस्न लगायो भनि
प्रश्न गरेको छ। तिनले पहाडमा नेपाली भाषा सरकारी भाषाको रुपमा मान्यता प्राप्त
भाषा भएको कारण सूचना बिभागले पनि जनसूचनाहरु नेपाली भाषामा सम्प्रेषण गर्नुपर्ने
माग गरेको छ।
Post a Comment
We love to hear from you! What's on your mind?