डी
के वाइबा, कालेबुङ 18 नोभेम्बर। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई गोर्खाल्याण्ड
क्षेत्रीय प्रशासनमा अल्झाउँन सक्षम बनेकी बङगालकी मुख्य मन्त्री ममता ब्यानर्जीले
दार्जीलिङ पहाडलाई स्वीजरल्याण्ड बनाउँने घोषाणा गरेर स्वीजरल्याण्ड जस्तो बनाउँने
प्रारम्भिक कार्यहरु गर्न नसके पनि पर्याटकहरुको निम्ति प्राकृतिक सौन्दर्यहरुको
आनन्द उठाउँने मौका भने पक्कै दिएकी छिन। चौवालिस महिने आन्दोलनलाई कुटनैतिक चाल
चलेर क्षेत्रीय व्यवस्थामा सम्झौता गराएपछि पहाडमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन
गठन भएको महिनौ दिन बितेर जाँदा अझै बिभागहरु हस्तान्तरण गर्नमा स्वय मुख्य मन्त्री
अनि तिनको तृणमूल कङ्ग्रेस सरकार असक्षम बनिरहेको समयमा पहाडमा भने पर्याटकिय मौसम
दिनदिनै फस्टिन्दै गईरहेको छ। आन्दोलन थामिए पछि अहिले पहाडमा रोजगारको अवसर कुरेर
बसिरहेका शिक्षित बेकारीहरुको लामेताँत भीडहरुमा दैनिक स्वदेशी तथा बिदेशी
पर्याटकहरुको आगमनले भने स्थानीय बेकारी समस्यालाई थोरै मात्रमा भए पनि साम्य
पार्न सक्षम बनेको दैनिक पर्याटकहरुको भीडहरुले स्पष्ट बनेको छ। सोहि सिलसिलामा
अहिले कालेबुङ क्षेत्रको बिभिन्न पर्यटन क्षेत्रहरुमा दैनिक आउँने पर्याटकहरुले
यहाँको चालकवर्ग, होटल तथा रेष्टुरेण्ट आदि व्यवसायीहरुको पनि व्यवसाय सन्तोष जनक
सञ्चालन भईरहेको स्थानीय चालकवर्गले बताएका छन। यता अष्ट्रेलीयाबाट आज कालेबुङको
डेलो परिसरबाट प्याराग्याईडिङको उडान भर्ने फेडरिक जेम्सले पहाडको प्राकृतिक
सौन्दर्यले आफु लालयित बनेको बताएका छन। “म प्रत्येक वर्ष दार्जीलिङ घुम्न आउँने
गर्छु। दार्जीलिङ पहाडको प्राकृतिक सौन्दर्यले सधै मलाई आकर्षित गरिरहेको हुन्छ। यद्यपी
केहि वर्ष यता म दार्जीलिङ आउँने चाहना राखेर पनि आउँन सकिरहेको थिईन। पहाडमा
सुरक्षा व्यस्थाको खतरा भएको कारण अनि यहाँका मानिसहरुले आफ्नो मागमा आन्दोलन
गरिरहेकोले गर्दा यहाँको वातावर्ण एकदमै अशान्ति बनेर गएको थियो। अहिले ठिक
दुईवर्ष पछि यहाँ आएर प्याराग्याईडिङको मनोरञ्जन लिन पाउँदा अत्यंतै हर्षित छु” –
फेडरिक जेम्सले अझ भने। तिनले पहिले कालेबुङमा घुम्न आउँदा प्याराग्याईडिङ नभएको
बताउँदै आज यसमा चडेर कालेबुङ लगायत पहाडको प्राकृतिक सौन्दर्यहरुको दृष्याअवलोकन
गर्दा खुबै खुशी लागेको बताउँदै आगमी दिनहरुमा सपरिवार आउँने पनि बताए। सोहि
सिलसिलामा कोलकोताबाट आएकी मनिषा भट्टचार्यले पहाडमा गोर्खाल्याण्डको आन्दोलन
हुँदा आफुहरु प्राकृतिक सौन्दर्यको लाभ उठाउँन बञ्चित रहेको बताउँदै अहिले भने
शांति भएको कारण पहाडको सौन्दर्य हेर्न आएको जनाईन। “पहाड त्यसै सुन्दर छ। यहाँका
मानिसहरु राम्रा छन। पहाडमा अशान्ति हुँदा हामी साह्रै दुखी हुन्छौ। गोर्खाल्याण्डको
आन्दोलन हुँदा हामी यहाँ घुम्न आउँन सकेनौ, तर पनि घुम्ने चाहना भने सह्रै थियो।
यद्यपी अहिले घुम्ने मौका पायौ अनि त्यसै माथि प्याराग्याईडिङको उडान भरेर पहाडको
बिभिन्न दृष्यहरु हेर्न पाउँन अत्यंतै हर्ष लाकेको छ” – भट्टचार्यले भनिन। सोहि
सिलसिलामा पहाडमा चलेको छुट्टै राज्य गोर्ल्खाल्याण्डको आन्दोलन बारे प्रश्न गर्दा
तिनले “राजनीति के हो त्यो हामी जन्दैनौ तर जसले भए पनि आफ्नो संवैधानिक अधिकार
भने पाउँनुपर्छ। छुट्टै राज्यको माग भारतका प्रत्येक नागरीकले राख्न पाउँछ। यो
संविधानले दिएको अधिकार हो। यसमा सरकारले ध्यान दिन आवश्यक छ अनि कुन माग
कहाँसम्मको ठिक हो भन्ने कुराको अध्ययन गरेर सरकारले त्यसको सकारात्मक निर्णय लिन
आवश्यक छ। यदि गोर्खाल्याण्डको माग सही हो भने सरकारले दिदा कुनै अप्ठ्यारो हुँदैन”-
कोलकोताबाट आएकी भट्टचार्यले भनिन। यसिसिलसिलामा तिनी संगै आएका अशोक च्याटर्जीले
पनि पहाडमा आन्दोलन हुँदा आफुहरु घुम्न नपाएको बताउँदै अहिले शान्ति भएपछि मात्र
आएको बताए। तिनले पहाडमा मुख्यमन्त्रि ममता ब्यानर्जीले गरेका घोषाहरु अझसम्म
कार्यरुपमा नभएको सन्दर्भमा खेद प्रकट गर्दै पहाडलाई बिकाशको दृष्टिकोणबाट
अध्यावधी बञ्चित राख्ने कार्य गरेको आरोप लगाए। “हामी जंगलमहलको कुरा गरौ अथवा
दार्जीलिङ पहाडम चलेको गोर्ख्ल्याण्ड आन्दोलनको कुरा। यी दुवैमा समानाता भने
क्षेत्रको सर्वाङ्गीन बिकाश नहुनु हो। कुनै पनि क्षेत्रको सर्वाङ्गीन बिकाश भयो
भने त्यहाँ बिरोध हुने कुनै प्रश्न नै आउँदैन। यता पहाडवासी दिर्घदिनदेखि प्राथमिक
सुबिधाहरुबाट बञ्चित बनेको कारण नै घरी घरी पहाडमा आन्दोलन हुने गरेको सत्यता
सबैअघि छ। यसमा सरकारले ध्यान दिन पर्छ” अशोक च्याटर्जीले भने।
कुनै पनि क्षेत्रको सर्वाङ्गीन बिकाश भयो भने आन्दोलनको प्रश्नै उठदैन – अशोक च्याटर्जी
18Nov2012
Post a Comment