टाउको भरी मुद्दा बोक्ने युवामोर्चा नेताहरुले पहिला आफ्नो अनुहार ऐनामा हेर्नु पर्छ – तृणमूल कङ्ग्रेस

बिशेष प्रतिनिधी,कालेबुङ, 27 नोभेम्बर।   गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो) अनि तृणमूल कङ्ग्रेस पार्टी माझ चलेको वाक युद्ध रोकिने कुनै छाँट देखा परेको छैन। गोजयुमो पार्टीका नेताहरु बिरुद्ध तृणमूल कङ्ग्रेस पार्टीका नेता छेवाङ भोटियाले थानामा प्राथमिकता दर्ता गरेपछि शुरु भएको वाक युद्धले पहाडको राजनैतिक वातावरण दिन दिनै तातो बन्दै गईरहेको छ। तृणमूल कङ्ग्रेस पार्टीको कालेबुङ खण्ड दुईका अध्यक्ष छेवाङ भोटिया बिरुद्ध थानामा प्राथमिकी दर्ता गरेर पहाडको शान्ति श्रृङ्खला बिगार्ने प्रयास गरिरहेको युवा मोर्चाले आरोप लगाउँदै तिनी बिरुद्ध थानामा उल्टै प्राथमिकी दर्ता गरेपछि अझ आरोप प्रात्यारोपको क्रम बडेर गएको छ। यस समबन्धमा आज तृणमूल नेता छेवाङ भोटियाले कुराकानी गर्दै युवा मोर्चा नेताहरुले आफ्नो टाउको भरी मुद्दाहरु बोकेर थोत्रे आरोप लगाउँदै आफु बिरुद्ध प्राथमिकी दर्ता गर्नु भन्दा पहिले आफ्नो अनुहार ऐनामा हेर्नु भनि सुझाव दिएको छ। यस सिलसिलामा तिनले “युवा मोर्चाले छेवाङ भोटिया बिरुद्ध गरेको एफाअईआर नचल्ने दुवानी हो” भने। तिनले कालेबुङका युवा मोर्चा केन्द्रिय समिति सदस्य तोप्देन भोटियाको नाम लिदै “तोप्देन भोटियाले आन्दोलनकालमा पुलिसमाथि हमला गरेको हो। तिनको बिरुद्ध पुलिसले आईपिसीको धारा 147, 148, 149, 336, 426, 283, 365, 307, 435, 506 मुद्दा दर्ता गरेको छ। यो मुद्दा अहिले पनि चलिरहेको छ। यस्तो टाउको भरी मुद्दा बोकेका नेताहरुले छेवाङ भोटिया बिरुद्ध बिनाकारण प्राथमिकी दर्ता गर्नु अघि एकपल्ट सोच्नु आवश्यक छ” छेवाङ भोटियाले स्पष्ट रुपमा चुनौति दिदै भने। आफुले पहाडको शान्ति श्रृङ्खला बिगार्ने कार्य कहिल्यै नगरेको स्पष्टिकरण दिदै उक्त आरोप युवा मोर्चाको निराधार आरोप रहेको पनि तिनले दाबी गरे।  पहाडमा तृणमूल कङ्ग्रेसले कहिल्यै कुनै अशान्ति पैलाउँने कार्य नगरेको बताउँदै युवा मोर्चाले बगम फुसे कुरा गरेर पहाडका जनतामाझ भ्रम फैलाउँने कार्य गरेको पनि भोटियाले आरोप लगाए। तिनीमाथि बिद्यार्थी मोर्चाले लगाएको आरोपहरुको जवाब दिदै पहाडका बिद्यार्थीहरुको भविष्य बिद्यार्थी मोर्चाले बिगार्ने कार्य गरिरहेको उल्टै आरोप लगाए। “हामी पहाडका बिद्यार्थीहरुको भविष्य बिगार्ने कार्य गर्दैनौ। यहाँ बिद्यार्थी मोर्चाले बिद्यार्थीहरुलाई जुलुसमा हिडाएर उल्टा भविष्य बिगार्ने कार्य गरेको छ। हाम्रो चाहना बिद्यार्थीहरुको भविष्य सुन्दर बनोस भन्ने हो। परिक्षाको समयमा बिद्यार्थीहरु अध्ययन गर्नु पर्छ अनि भविष्यमा छुट्टै राज्यलाई सञ्चालन गर्ने आईपीएस, आईएएसहरु बनिन पर्छ। यहाँ बुढो भएकाहरुले बिद्यार्थी मोर्चाको नाममा बिद्यार्थीहरुकै भविष्य डामाडोल बनाउँने कार्य गरिरहेको छ” – छेवाङ भोटियाले तिखो प्रतिक्रिया गर्दै भने। आफुले छैटौ आनुसुचिको समर्थन गरेर जीटीएको बिरोध गरेको आरोप प्रति कटाक्ष गर्दै  “मैले छैटौ अनुसुचिको स्वागत गरेको होईन संवैधानिक ग्यारेण्टि भएको चिज पहाडमा हुनपर्छ भनेको हो। मैले छैटौ अनुसुचिको समर्थन गर्‍यो भन्नेहरुले एकपल्ट आफ्नै पार्टीका शिर्षस्थ नेतालाई सोध्नु जतिबेला स्वर्गीय मदन तामङले छैटौ अनुसुचिको बिरोध गर्दा छैटौ अनुसुचि राम्रो हो भन्दै मदन तामङको क्रिया खाएका थिए। आज ती छिटौ अनुसुचि राम्रो हो भनेर मदन तामङको किरिया खाने नेताहरुलाई प्रश्न गरेर मात्र मलाई आरोप लगाउँनु” – भोटियाले चुनौति दिदै भने। तिनले यसै सिलसिलामा भर्खरै अरबिन्द केजरीवालले गठन गरेको आम आदमी पार्टीको स्वागत गर्दै पहाडमा तिनलाई शुभकामना रहेको बताए।

गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो) अनि तृणमूल कङ्ग्रेस पार्टी माझ चलेको वाक युद्ध रोकिने कुनै छाँट देखा परेको छैन।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.