मंग्पू | केशर मोक्तान: मंग्पूमा प्रथम चोटि राइजिंग स्वनिर्भर दलद्वारा उन्नत जातको सुँगुर व्यवसाय केन्द्र शुरु गरिएको जानकारी दलका सदश्य रिन्जी शेर्पाले दिएका छन् | बेरोजगार युवाहरुको पहलमा शुरु गरिएको राइजिंग स्वनिर्भर दलद्वारा प्रत्येक सप्ताह शनिबार उन्नत जातका फारम लोकल सुँगुरको बच्चाहरु सुलभ मुल्यमा रेशेप बजार रोड अवस्थित दलको केन्द्रमा उपलब्ध गराइएको छ | ग्रामीण क्षेत्रका बेरोजगारहरुलाई आत्मनिर्भर बनाउन हेतु नै उक्त योजना शुरु गरिएको दल सदश्य शेर्पाले बताएका छन् | स्मरण रहोस् यस भन्दा अघि मंग्पूमा सुँगुरको बच्चा व्यवसाय केन्द्र नभएको कारण सुँगुरको बच्चा किन्न स्थानीय मानिसहरु टिस्टा बजार, सुके बजार ओद्लाबारी तिर जाने गर्थे भने अब मंग्पूमा नै सुंगुरको बच्चा पाइने भएको छ | निकट भबिश्यमा सरकारले यस्ता केन्द्रहरुको योजनालाई बिकाश गरेर सुँगुर पालन विषय प्रशिक्षण दिए बेरोजगारहरुलाई ठूलो लाभ हुने अनि बेरोजगार युवाहरु आफै आफमा स्वनिर्भर बन्न सक्ने कुरो शेर्पाले जनाए | यस स्वनिर्भर दलले सुंगुरको बच्चा व्यवसाय मात्र नगरेर आर्थिक अवस्थाले कम्जोर भएका परिवारहरु कुमार छेत्री अनि रोशन राईलाई नि:शुल्क रुपमा सुँगुरको बच्चा दिसकेको जनाए | ज्ञात रहोस् जीटीए बन्य प्राणी सम्पदाबाट पनि यस्ता स्वनिर्भर दलहरुलाई सहयोग प्राप्त भए स्वनिर्भर बन्नमा ठुलो सहयोग हुने छाँट देखिन्छ |
Post a Comment
We love to hear from you! What's on your mind?