जीर्ण सडकको मर्मती गर्न सिटोङ शिलोआम चर्च आए मङपु

Sittong Siloam Church repaires Labdah Road
जीर्ण अवस्थामा पुगिसकेको नालीडाँडादेखि लाब्दा विभाग हुँदै जोगीघाट सिटोंग जाने सडक यस वर्षको घनघोर पानीको कारण थुप्रै ठाउँहरुमा ठुला ठुला खाल्डो बनेकोले यात्री सवार वहानहरुलाई धेरै असुविधा भइरहेको छ | अहिले घरि यस सडक नालीडाँडादेखि लाब्दा विभागसम्म मात्रका मानिसहरुलाई लाभदायक हुनको साटो यही सडकले क्षेत्रीय अनि बाहिरका मानिसहरुलाई जोगीघाट, सिटोंग, सेल्पू, आहालडाँडा, लाठपन्चर अनि खरसाङ शहरसित पनि जोडेको कारण साधारण यात्रीदेखि लिएर टाडा नजिकका पर्यटकहरुको निम्ति पनि महत्वपूर्ण सडक हो | जीर्ण भएकै कारण विभिन्न समयहरुमा स्थानीय समाज, संघ सस्थाहरुले बाटो मर्मति गर्दै चलाइरहेको सत्य सबै सामु छ | यसपल्ट भने सिटोंङ शिलोआम चर्चले लाब्दा ग्राम सेवक नजिक एकदमै जीर्ण अवस्थामा पुगिसकेको सडकलाई मर्मति गर्ने काम गरेको छ | सिटोङ क्षेत्रमा सामाजिक कार्यहरुमा धेरैनै अग्रसर बन्ने उक्त चर्चले नि:स्वार्थ रुपमा सडक मर्मत गर्यो | उक्त कार्यमा चर्चका पास्टरहरु, बाबुहरु, आमाहरु अनि युवाहरुको पूर्ण सहभागिता रहेको थियो |
यसै कार्यलाई प्रमुखता दिंदै चिया, खाजा अनि चिसो पेय पदार्थहरु सहयोग गरेर युनस लेप्चा डायरी गाउँ एचपीसी चर्च, रुफिना फिपोन, मनिराज थापा, दिपेन्द्र ड्राइभरले पुणित कार्यमा आफ्नो पनि संलग्नता दिएका थिए | उक्त सडकलाई विगत वर्षमा स्थानीय नवदीप परिवारले मर्मत गरेका थिए | सन्दर्भमा प्रश्न यस्तो आउंछ कि जीर्ण बन्दै गइरहेको सडकलाई यसरी नै संघ संस्थाहरुले मर्मति गरेर कति वर्ष चलाउने? विगत केही वर्षअघि मात्र बर्तमान जीटीए अध्यक्ष अनित थापाले लाब्दा विभागलाई उपहार भन्दै सडक निर्माण गर्ने घोषणासम्म गरेको सडक अहिलेसम्म बनिएको छैन | शिव मन्दिरको पहिरोले आजसम्म कुनै छुटकारा पाएको छैन जुन स्थानबाट वैकल्पिक सडक निर्माण गरिन्छ भन्दै नाप जोख गरेको पनि हो | सडकको जीर्ण अवस्था अनि साधारण जनता लगायत टाडा नजिकका पर्यटकहरुले पाएको दुखबारे एकाधिक पल्ट पत्र पत्रिकातिर छापिंदा पनि जीटीए उच्च अधिकारी अनि सम्बन्धित विभाग किन आजसम्म मौन छ यस विषयलाई सबैले नै गज्जबले सोंचपर्ने समय सबै सामु छ ||

जीर्ण अवस्थामा पुगिसकेको नालीडाँडादेखि लाब्दा विभाग हुँदै जोगीघाट सिटोंग जाने सडक यस वर्षको घनघोर पानीको कारण थुप्रै ठाउँहरुमा ठुला ठुला खाल्डो बनेकोले यात्री सवार वहानहरुलाई धेरै असुविधा भइरहेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.