मंग्पू | केशर मोक्तान: पर्यटनको मानचित्र देखि सधै पछि परेको मंग्पूले अब जीटीए व्यवस्था भित्र पर्यटन स्थलको ठाउँ पाउने भएको छ | आज स्थानीय मंग्पू जोगीघाट भ्रमणमा आइपुगेका जीटीए पर्यटन विभाग सचिव सोनाम भुटियाले यस क्षेत्रको नजिकबाट अवलोकन गर्दै जोगीघाटलाई पर्यटन बिकाशको कार्य विस्तार गर्ने कुरो बताए | यस क्षेत्रमा पर्यटन केन्द्रको बिकाश गरिने जीटीए चिफ बिमल गुरुङको इच्छा अनुरुप शुरु भएको प्रक्रिया प्रति स्थानीय क्षेत्रका मानिसहरु सकारात्मक सोंच सहित उत्साहित बनिरहेका छन् | हालमा जीटीए मार्फत चारैतिर पर्यटन बिस्तारको काम भइरहेको समय मंग्पू जोगिघाटलाई पनि क्रमैसित पर्यटन स्थल बनाउने विभागको योजना रहेको हुँदा आज सम्बन्धित शतल भ्रमणमा आएका सचिवले जोगीघाट पर्यटन केन्द्रको निम्ति उपयुक्त रहेको बताउँदै योजना अनुरुप चांडै नै कार्य शुरु हुने बताएका छन् | उनले यस ठाउँमा रयांग खोला भएको कारण पर्यटकहरुलाई आकर्षित पार्न सक्ने बिचार राख्दै पर्यटकहरुलाई आकर्षित पार्न साथै सुविधाको निम्ति थुप्रै योजनाहरु विभागबाट तयार गर्न सकिने बताउँदै यहाँदेखि पारिपट्टि सिटोंग – लाठपन्चर समष्टिको नाम्थिंग परिसरमा पनि पर्यटन स्थल बनाउने विभागीय योजना रहेको अनि त्यसै अनुरुप त्यस ठाउँमा काम शुरु भइसकेको छ भनेको छ |
यस ठाउँमा गेस्ट हाउस, हट हाउस, बोटिंग अनि अन्य विषयमा अब विभागले उचित प्रक्रिया शुरु गर्ने कुरो जनाउँदै सेलम क्षेत्रमा पर्यटन बिकाश गरिने बताए | स्मरण रहोस् आगमी १४ जनवरी देखि १९ जनवरी सम्म महाकुमा स्तरीय कृषि मेला पनि यसै जोगिघाट रयांगटार(Jogighat Riyangtar) मा अयोजन गर्ने भएकोले क्षेत्रको भ्रमण गर्न जीटीए चिफको आदेशानुसार आज जीटीए कृषि विभाग सभासद कल्याण देवान, पि० एच० इ० विभाग सभासद अनित थापा, बन विभाग सभासद रतन थापा, खण्ड विकाश अधिकारी खरसांग पिनाकिसेन गुप्ता, पर्यटन विभाग सचिव लगायत मोर्चा मंग्पू जोन सचिव रतन लामा अनि सभापति प्रदीप छेत्री आदि उपस्थित रहेका थिए |
Post a Comment
We love to hear from you! What's on your mind?