महाकुमा स्तरीय कृषि मेला अब मंग्पूको जोगीघाट – रयांगटारमा

मंग्पू | चन्दन खवास: मंग्पूमा पहिलो चोटि जीटीए मार्फत हर्टिकल्चर विभाग अन्तर्गत महकुमा स्तरीय कृषि मेला(Krishi Mela at Jogighat -Riyangtar) को आयोजन भब्य रुपमा हुने जानकारी हर्टिकल्चर विभाग सभासद कल्याण देवानले दिएका छन् | उक्त मेला मंग्पू लाब्दा – विभागको अतिनै सुन्दर आकर्षक स्थान जोगीघाट – रयांगटारमा हुने तय भएको छ | जीटीए मार्फत उक्त कृषि मेलाको आयोजन चार ठाउँहरुमा आयोजन भइरहेको छ भने मंग्पूको कृषि मेला आगमी जनवरी १४ देखि १९ सम्म हुने भएको छ | मेलामा स्वय जीटीए चिफ पनि आउने खबरले झनै स्थानीय मानिसहरुमा कौतुहल बढेर गएको छ | मेलामा मोर्चा अध्यक्षले कृषकहरुको निम्ति आफ्नो समय दिए जीटीएका सम्पूर्ण कृषकहरुले आफ्नो हौसला बढ्ने स्थानीय मानिसहरुको बिचार रहेको छ | सभासद कल्याण देवानले पत्रकारहरुसित बात गर्दै कृषि मेलाको मुख्य उदेश्य कृषकहरुलाई उत्साह र जोश प्रदान गर्नु रहेको बताएका छन् | बिशेष गरेर यस मेलामा कृषकहरुको निम्ति जानकारी मुलक कार्यक्रम रहेको छ भने जीटीएको हर्टिकल्चर विभागको तत्वधानमा छोटो रुपमा प्रशिक्षणको चाँजो पनि मिलाइएको बताएको छ | सभासद देवानले बताएअनुसार इच्छुक कृषकहरुले यही मेलामा प्रशिक्षण लिन सक्नेछन्  अनि खेतीपाती बारे विभिन्न जानकारीहरु पनि प्राप्त गर्न सक्नेछ | कृषि मेलामा कृषकहरुलाई प्रशिक्षण र जानकारीको निम्ति सम्बन्धित विभागबाट विज्ञजन पनि उपस्थित रहने जानकारी छ | बिशेष अहिलेघरी कृषकहरुले आधुनिक तकनिकी द्वारा खेति – पाती गरिरहेको भएपनि पहाडमा सय प्रतिशत कृषकहरु पुरानै विधिमा सिमित रहेको छ | यसैले पनि यस कृषि मेलाको आयोजन गरेर कृषकहरुलाई बर्तमान कृषि तकनिकी बारे बुझाउनु मेलाको उदेश्य रहेको देखिन्छ | मेलामा कृषकहरुले आफ्नो फसलको नमुना प्रदर्शनी गर्न साथी बिक्री गर्न पाउने जानकारी छ|
मेला आयोजनाको निम्ति जोगीघाट रयांगटारमा सभासद कल्याण देवान, अनित थापा,रतन थापा, साथै खरसांग खण्ड बिकाश अधिकारी र सम्बन्धित विभागका उच्च पदस्थ अधिकारी लगायत मंग्पू जोनका शीर्ष नेतृत्वहरुको उपस्थिति रहेको थियो |

मंग्पूमा पहिलो चोटि जीटीए मार्फत हर्टिकल्चर विभाग अन्तर्गत महकुमा स्तरीय कृषि मेला(Krishi Mela at Jogighat -Riyangtar) को आयोजन भब्य रुपमा हुने जानकारी हर्टिकल्चर विभाग सभासद कल्याण देवानले दिएका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.