मंग्पू | केशर मोक्तान: दीर्घ दिनदेखि प्रतिक्षामा रहेको जोगीघाट देखि राष्ट्रिय राजमार्ग ३१ ए लोहपूल (Link road from Jogighat to NH31A Lohapul)सम्म जोड्ने बाटोको शिलान्यास मोर्चा मंग्पू जोन सभापति प्रदीप छेत्रीको बाहुलीबाट नरिवल फुटाएर आज गरियो | यो सडकको निर्माणले क्षेत्रबासीलाई राष्ट्रीय राजमार्ग पुग्नलाई धेरै सुगम र छिटो हुनेछ | उक्त शिलान्यास कार्यक्रममा के० इ० डी ० को एक्जुकेटिव इन्जिनियर कुमैद गिरी उपस्थित रहेका थिए भने सडक निर्माण कार्य डी० सी० कन्स्ट्रक्सन द्वारा गरिने भएको छ | उक्त सडक चाडै निर्माण हुने खबरले समग्र सिटोंगबासीमा हर्ष छाएको छ भने स्थानीय बासिन्दाहरुले जीटीए प्रमुख बिमल गुरुङ, सिटोंग लाठपन्चर समष्टि सभासद रोशन गिरी अनि लाब्दा मंग्पू समष्टिका सभासद रतन थापालाई आभार व्यक्त गरेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?