मंग्पू | केशर मोक्तान: पहाडको दोश्रो बृहत सिन्कोना उद्योग जीटीएमा पूर्ण रुपले अन्तर्भुक्त भएपछि अ यसको सम्पूर्ण देखरेख पनि जीटीए सिन्कोना विभागले गर्ने भएको छ | जीटीए गठन भएको यत्रोदिन सम्ममा पनि सिन्कोना बिभागको कार्यलय पूर्ण रुपले निर्माण हुन नसकेको कारण सिन्कोना अधिनस्त काम कुरो गर्न धेरै नै असुविधा भएको थियो भने आज जीटीए सिन्कोना विभागका भारप्राप्त सभासद सामुयल गुरुङको बाहुलीबाट दार्जीलिंग लुइस जुब्लीको दोश्रो तल्लामा सिन्कोना बिभागको कार्यलय उद्घाटन गरे | उनले अब जीटीएमा सिन्कोना बिभागको कार्यलय रहेको हुनाले सिन्कोना सम्बन्धित काम कुरो गर्न सजिलो पर्ने बताउँदै अब जीटीए मार्फत सिन्कोना उद्योगको भविष्य उज्ज्वल रहने बताए | फोन मार्फत कुरा गर्दै सभासद गुरुङले सिन्कोना उद्योगलाई सुचारुरुपले संचालन गरेर लैजाने साथै उद्योगलाई फ्रस्टाउनको निम्ति जीटीए सभासद, सिन्कोना अधिकारी र कर्मचारीवर्गमा टिम वर्क हुन जरुरी रहेको बताउँदै सबैले एकजुट भएर काम गरे जीटीएको पहिलो ग्रूपले नै सिन्कोना उद्योगलाई धेरै अघि लान सक्ने कुरो जनाए | उनले धेरै वर्षदेखि बन्द अवस्थामा रहेको मंग्पू कुइलेंन कारखानालाई खुलाउनको निम्ति जीटीएको प्रयाश जारी रहेको बताए | उक्त कारखानालाई खोल्न जीटीएले प्रस्ताव पारित गरेर केन्द्र सरकार समक्ष पठाइसकेको जनाउँदै आगमी मार्च महिना भित्रमा केन्द्र सरकारबाट यसलाई निर्माण गर्नको निम्ति प्रस्ताव पारित भएर आउने उनले जनाएको छ | आज जीटीए सिन्कोना कार्यलयको उद्घाटन समारोहमा सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बा, रोंगो बगान व्यवस्थापक सन्तोस मोक्तान, मन्सोंग सिन्कोना बगान व्यवस्थापक बसन्त कुमार मोक्तान लगायत सिन्कोनाका अन्य पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो |
Post a Comment
We love to hear from you! What's on your mind?