मंग्पू लाब्दा एवं सिटोंग समष्टिको संगम स्थल जोगीघाट परिसरमा ६ जना गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सभासदहरुको भ्रमण अवधि ६ दिने कृषि मेला माघे संक्रान्तिको तयारी गर्न विभिन्न विभागीय अधिकारीवर्ग तथा ६ जना सभासदहरुको बिशेष उपस्थितिमा खरसांग महकुमा समिति सभापति तिलक गुरुङको अध्यक्षतामा आयोजन विषयक एउटा सभा बस्यो | सभासद रतन थापाले संचालन गरेको त्यस सभामा सभासदहरु क्रमैले फुबी राई, अनित थापा,अरुण सिन्जी, अनुस थापा, महेन्द्र प्रधान साथै मंग्पू जोन अध्यक्ष प्रदीप छेत्री, सचिव रतन लामा, सचिवा सूर्यमणि राई, अध्यक्षा मिरा दाहाल, गगन राई,दार्जीलिंग तराई डुवर्स प्ला० ले० यु० उपस्थित रहेका थिए |
सभासद अरुण सिन्जीले यस क्षेत्रमा कृषि मात्र नभएर पर्यटन क्षेत्रमा पनि बिकाश गर्नु पर्ने उदेश्यले बिभिन्न बिभागहरु लिएर प्रदर्शनीहरु राखिने बिचार पोखे | सभालाई सम्बोधन गर्दै छोटो संभाषण क्रमैले खरसांग खण्ड बिकाश अधिकारी पिनाकी सेन गुप्ता, सभासद फूबी राई, सभासद योगेन्द्र राई, स्वास्थ्य विभाग वी० एम० एच० ओ० खरसांग, खरसांग अस्पताल प्रतिनिधि, डी० एल० ओ० को ए० आर० डी० जी० का डा० तपन छेत्री, आइ० सी० डी० एस० प्रतिनिधि, सुकना पंचायत प्रतिनिधि, गगन राई सिन्कोना जोन सचिव, भूतपूर्व प्रधान डिगेल लेप्चा आदिले आफ्नो छोटो संभाषण राखे | सभामा सब सभासदहरुले यस स्थानलाई ध्यानमा राख्दै आफ्नो मन्तव्य पोखे भने कृषि क्षेत्रलाई बढोत्तरी - बिकाश गराउन विभिन्न खेतीपाती, पशु पालन सम्बन्धि सचेतना कार्यक्रमहरु संगै राम्रा प्रजातीका पशु पालनका बच्चाहरु पनि वितरण गरिने कुराहरु भयो|
मेलामा कृषक तथा बासिन्दाहरुले आफ्नो बारीमा फलेको सबै भन्दा अलग साग सब्जी जस्तै सबै भन्दा ठुलो फर्सी,इस्कुस, सुन्तला ,लौका इत्यादि, सबै भन्दा ठुलो खसी, कुखुरा इत्यादि अथवा सबैलाई चकित पार्न सक्ने उत्पादित जिनिस प्रदर्शनी साथै बेच्न राख्न सकिने कुराहरु भएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?