मंग्पू | केशर मोक्तान: मंग्पूका फूटबल खेलाडी नसीब तामांगको उत्कृष्ट खेल देखेर उनलाई मोहन बगान फूटबल एकाडेमीले छनौट गरी लागेका छन् | मंग्पू गोपाल धुरा निवासी पिता भैरुंग तामांग अनि माता गोपीमाया तामांगको कोखबाट जन्म लिएका नसीबले सानै उमेर देखि फूटबलमा चासो लिएर खेल्न गरेको थाहा लागेको छ | नसीबको शैक्षिक यात्रा मंग्पू गुड स्टार्ट एकाडेमीबाट शुरु भएकोले त्यस विधालयका प्रधान अध्यापक एम० के० छेत्रीले उनलाई फूटबल प्रशिक्षण दिएर आज यहाँसम्म आउन सकेको उनी बताउछन् | उनले एम० के० छेत्रीलाई शिक्षा साथै फूटबल खेलको गुरु मानिलिन्छन् भने हालमा उनी मंग्पू युनाइटेड फुटबल एकाडेमीका एक असल खेलाडी रहिआएका थिए | आफू मोहन बगान फूटबल एकाडेमीमा छनौट भएर गएकोमा हर्ष प्रकट गर्दै उनले यसको श्रेय मंग्पू खेलकूद संघका पदाधिकारीवर्ग, मंग्पू युनाइटेड फूटबल क्लबका साथीहरु अनि प्रशिक्षक एम० के० छेत्री सबैलाई मानिलिएको छ | साथै उनले सबैलाई आभार व्यक्त गर्दै आगमी दिनहरुमा असल फूटबल खेलेर मंग्पू साथै पहाडको नाम रोशन गर्ने कुरो उनले बताएका छन् | आज मंग्पूबाट कोलकाता दुर्गापुरमा फुटबल प्रशिक्षण जान अघि मंग्पू खेलकूद संघले एक कार्यक्रम स्थानीय जनमैदानमा आयोजन गरी नसीबलाई खादर्पण गर्दै बधाई टक्राएर शुभकामना दिए | मंग्पू फूटबल एकाडेमीका सचिव प्रदीप छेत्रीले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मंग्पू खेलकूद संघका सचिव राम पोख्रेलले नसीबको खेलको क्षमता हेरेर नै आज उनलाई मोहन बगान फूटबल एकाडेमीले छनौट गरी लागेको छ, आज देखि उनको भाग्य उदय भएको छ र आगमी दिनमा नसीब फूटबल खेलमा ध्रुब तारा भएर निस्कने छ भनि आशा प्रकट गरे | यसरी मोर्चा मंग्पू जोन सभापति प्रदीप छेत्रीले मंग्पू खेलकुद संघ अनि मंग्पू फूटबल युनाइटेडको कारण नै आज नसीब यस स्थानमा पुग्न सफल भएको बताउदै आजको दिन मंग्पू खेलको इतिहासमा सुनौलो अक्षरले लेखिनुपर्ने दिन बताए र आगमी दिन मंग्पू फूटबल युनाइटेडका अन्य खेलाडीहरुले पनि असल फुटबल खेलेर मोहन बगान फूटबल एकाडेमीमा छनौट भएर जाने सलाह दिए | कार्यक्रममा नारी मोर्चा मंग्पू जोन सचिवा सूर्यमणि राईले मंग्पू खेलकूद संघको पक्षमा नसीबलाई ट्रयाक सूट दिएर बधाई टक्राए | यसरी मोर्चा मंग्पू जोनका शीर्ष नेतृत्व भूपाल मोक्तान, बुध कुमार थापा र मुकेश थापा साथै मंग्पू फुटबल क्लबकाखेलाडीहरुले पनि नसीबलाई खादा अर्पण गर्दै बधाई दिए |
Post a Comment
We love to hear from you! What's on your mind?