मङपु२७फरवरी(केशर मोक्तान): साहित्य अकादमी पुरस्कार २०१२ ले अलङकृत साहित्यकार उदय थुलुङ (Uday Thulung) लाई मङपु अभ्यर्थना समितिद्वारा स्थानीय रविन्द्र भवनमा भब्य समारोह बीच आज अभ्यर्थना जनाइयो | साहित्यकार मोहन ठकुरीको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहका प्रमुख अतिथि जी.टी.ए.बन विभागका कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट साहित्यकार उदय थुलुङलाई स्मृति चिन्ह सुनको औठी अनि सम्बर्दाना पत्र हस्तान्तरण गरियो भने बिशिष्ट अतिथि सिन्कोना बगान निर्देशक डा.जी.सी.सुब्बाको बाहुलीबाट साल ओंड़ायो साथै साहित्यकार मनप्रसाद सुब्बा (Man Prasad Subba) को र गुप्त प्रधानको बाहुलीबाट नेपाली ढाका टोपी थुलुङलाई पहिराइयो | नारी हस्ताक्षर एवं कवयत्री रेमिका थापा (Remika Thapa) ले संचालन गरेको यस अभ्यर्थना समरोहमा कबि सुरेन्द्र थिङ (Surendra Thing) ले स्वागत सम्भाषण राखे | यसरी प्रतिष्ठीत साहित्यकार मनप्रसाद सुब्बाले उदय थुलुङको कथा माथि दुई शब्द प्रस्तुत गरे | समारोहका प्रमुख अतिथि सभासद रतन थापाले सम्बोधन गर्दै १९९६ मा मोहन ठकुरी (Mohan Thakuri) ले अनि २०१२ मा उदय थुलुङले दोस्रो चोटी राष्ट्रिय अकादमी पुरस्कार प्राप्त गर्न सफल भएर मङपुको नाम भारतीय नेपाली साहित्यमा सुनौलो अक्षरले लेखिएको बताए | उदय थुलुङले साहित्य क्षेत्रमा महत्वपूर्ण सम्मान पाएकोमा समग्र मङपुबासी हर्षित रहेको बताउदै उनलाई हार्दिक बधाई टक्राए | सभासद थापाले मङपुमा समाजिक कार्यक्रम गर्नको निम्ति एउटा ट्रस्ट एवं संघ संस्थाको अति नै आवश्यक रहेका कारण यहाँ झट्टै एउटा ट्रस खोल्ने स्थानीय साहित्यकार अनि समाजसेवी वर्गलाई अपील गरे | सभासद रतन थापाले स्थानीय साहित्यकारहरुलाई मङपुमा साहित्य गोष्ठी राख्ने अपील गर्दै यसको निम्ति सम्पूर्ण सहयोग आफुले गर्ने जनाए | अभ्यर्थना कार्यक्रमलाई सम्बोधन गर्दै अकादमी प्राप्तकर्ता उदय थुलुङले मैले आफ्नो कथाहरुमा कमान बस्तीमा र मेरो घर समाज वरिपरिको परिवेश र आम जीवन शैलीमा भोगिरहेको कुराहरु प्रस्तुत गरेको बताए | साहित्यकार थुलुङले दिल्लीमा उनलाई कतिजना पत्रकारहरुले नेपालको भनेर प्रश्न सम्म गरेको बताउदै उनले म भारतीय गोर्खा हु भनि जवाब दिएको बताए र आज पनि हामीलाई नेपालको भनेर बाहिरतिरकोहरुले भन्ने गर्छन र हाम्रो आवस्थानसित बाहिरका मानिसहरु कन्फ्युजन छन् यसकारण हाम्रा लेखकहरुले पनि बाहिरको मानिसहरुको भ्रम तोड़ने लेख लेख्नु पर्ने सबैलाई आवहान गरे | हाम्रो अव्स्थानको धारणा बारे कस्तो जिम्मेवारी हुन् पर्ने विषयमा पनि दिल्लीको कार्यक्रममा कुरा राखेको उनले बताए | अन्त्यमा सभाअध्यक्ष मोहन ठकुरीले बाहिरका साहित्यिक जानिफकारहरुले भारतेली नेपाली साहित्यमा मङपुले ठुलो योगदान पुराएको बताउछन भने अब यस मङपुको नाम पछि उदय थुलुङले एकान्तबासको सुगन्ध थपिदिएको छ | उनले अहिले सम्म मङपुबाट ६२ वटा कृतिहरू निस्किएको बताए | कार्यक्रममा दार्जीलिंगका उम्दा भजन तथा गजल गायक अज्नीस राईले गजल प्रस्तुत गरेर सम्पूर्ण दर्शक श्रोतालाई मक्ख पारे भने दाजुभाई कला केन्द्र सालुगाड़ाकका कलाकर्वर्गाले सुन्दर नित्य प्रस्तुत गरे |
Also read Sahitya Akademi Award winners in Nepali list till today.
Also read Sahitya Akademi Award winners in Nepali list till today.
Post a Comment
We love to hear from you! What's on your mind?